Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ?

ट्याक्टर दुर्घटनामा २ को घटनास्थलमै मृत्यु, अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जानकारी

मृतकका शव हाल इलाका प्रहरी कार्यालयमा राखिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी

बिहीवार, १७ श्रावन २०७५, सगरमाथा पोष्ट

रोल्पा, १७ साउन 

गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी–१ धारावाङमा गएराति ८.३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको हो । दुर्घटना भएको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी शव निकालेको थियो । 

मृतकका शव हाल इलाका प्रहरी कार्यालयमा राखिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए । 

सडकबाट पाँच सय मिटर तल खसेको ट्याक्टरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । भिरालो कच्ची सडकका कारण अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने औंल्याइएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू