Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

नेपाली क्रिकेटको ऐतिहासिक यात्रा : आज पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै

सन् २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ बाट शुरु भएको यात्रामा आठ वर्षपछि नेपालले महत्वपूर्ण फड्को मारेको हो

बुद्धबार, १६ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौं, १६ साउन 

नेपालले बुधबार ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ ।

बुधबार हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद बनाउने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । यही महत्वपूर्ण र ऐतिहासिक खेलका लागि नेपाली क्रिकेट टिमले लन्डनमा चार अभ्यास खेल र नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्दपि वर्षाका कारण त्रिकोणात्मक सिरिजको अन्तिम नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्ध भएको थियो ।

नेपाली टिममा : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी ।

ऐतिहासिक खेलमै नेपाल जितको खोजीमा हुनेछ । इंग्ल्यान्ड भ्रमणमा निस्कनुअघि नेपाल टिमका कप्तान पारस खड्काले ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सबै खेलाडी उत्सुक रहेको बताएका थिए । ‘सबैको चाहना थियो कि नेपाली क्रिकेट यो स्थानमा पुगोस् । नेदरल्यान्डसँग पहिलो एक दिवसीय खेल खेल्दैछौं । धेरै खुशी छौं । जितेर नै सुरुवात गर्ने सक्दो प्रयास गर्नेछौं ।’

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि नेपाली क्रिकेट ऐतिहासिक क्षण नजिक रहेको र राम्रो क्रिकेट खेल्ने बताएका थिए । प्रशिक्षक टमाटाले जितबाट नै ऐतिहासिक यात्रा तय गर्नेसमेत बताएका थिए । नेपाल र नेदरल्यान्ड अहिलेसम्म पाँच पटक आमने समाने भएका छन् । जसमध्ये नेदरल्यान्डले तीन तथा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

२०१४ को विश्वकप छनोटमा नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । २०१५ मा आइसीसी विश्व क्रिकेट लिगमा नेपाल २ विकेटले विजय भएको थियो । २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियसिपमा पहिलो खेलमा नेदरल्यान्ड ७ विकेटले विजयी हुदा दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो । पछिल्लो पटक २०१८ मार्चमा भएको विश्वकप छनोटमा नेपाल ४५ नले पराजित भएको थियो । यस्ता अवस्थामा नेपाल र नेदरल्यान्डबीचको खेल प्रतस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

१९८८ मा आईसीसीको सदस्य बनेको नेपालले १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ बाट शुरु भएको यात्रामा आठ वर्षपछि नेपालले महत्वपूर्ण फड्का मारेको हो ।

नेपाली टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी ।

नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । 

नेपाली क्रिकेटले जति सफलता प्राप्त गर्यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् । 

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले रासससँग कुरा गर्दै क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्न ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण अगाडि बढिरहेको बताए । “क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भयो”, उनले स्वीकारे । 

यस वर्ष खेलकूदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदानको कामले तीव्रता पाउने उनले बताए । आगामी वर्ष नेपालमा दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसै वर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ । बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढीलगायत स्थानमा निर्माणाधीन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दावी राखेपको छ । 

निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनानुरूप काठमाडौँको मूलपानीमा दुई क्रिकेट मैदान निर्माण शुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन शुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी बुधबार पहिलो ऐतिहासिक एक दिवसीय खेल्दैछ तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि आइसिसीले दिने अनुदान रोकेकाले संरचना निर्माणमा समस्या परेको बताए । “देशभर आठ मैदान निर्माणाधीन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकाले पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ”, उनले भने । भएको मैदान बिगार्ने र नयाँ नबनाउँदा समस्या भएको बताइन्छ । “राखेपमा दक्ष जनशक्तिको अभावले संरचना निर्माणमा ढिलाइ भएको हो”, उनले थपे । 

निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनानुरूप काठमाडौँको मूलपानीमा दुई क्रिकेट मैदान निर्माण शुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन शुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी बुधबार पहिलो ऐतिहासिक एक दिवसीय खेल्दैछ तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।

मूलपानीमा निर्माणाधीन दुई रंगशालामध्ये एउटा खेल्नयोग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ । अर्कोमा भने स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ । उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्मा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए । 

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पायो । त्यसैअनुरूप नेपालले बुधबार दिउँसो नेपाली समयानुसार २ः४५ बजे नेदरल्याण्डसस्थित भिआरए मैदान आम्सटर्डममा नेदरल्याण्डससँग एकदिवसीय खेल खेल्दैछ । 

क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार र खेलाडीको वृत्ति विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एकदिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ । सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकतासाथ अघि बढाई देशका आठ स्थानमा क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने चालु आवको बजेटमा उल्लेख गरेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू