Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

नेपालको पहिलो एतिहासिक एक दिवसीय खेल कुन टेलिभिजन च्यानलबाट हेर्न सकिन्छ ? थाहा पाउनुहोस्

पहिलो खेल नेपाल र नेपाली क्रीकेटको लागि एतिहासिक र अविस्मरणीय हुनेछ भने नेपाली फ्यानका लागी अझै खुशी पार्ने छ

मंगलवार, १५ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १५ साउन 

नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्दैछ । नेपाली क्रिकेटका लागि एउटा गौरवपूर्ण र ऐतिहासिक परिघटना हो ।

आठ वर्ष अगाडि डिभिजन ५ खेलिरहेको नेपाललाई एकदिवसीय खेलका लागि योग्य बनाउने क्रममा धेरै खेलाडीहरु जोडिए । जसमध्ये कप्तान पारस खड्काको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । ब्याटिङ, बलिङ, फिल्डिङ र कप्तानी चारै पक्षमा उनले योगदान दिएका छन् । एक दिवसीय अंतरराष्ट्रीय मान्यता प्राप्त गरेपछि नेपाल क्रीकेट टोलीले आफ्नो पहिलो खेल बुधबार नेदरल्याण्डसँग उसको घरेलु मैदानमा खेल्दै छ ।

पहिलो खेल नेपाल र नेपाली क्रीकेटको लागि एतिहासिक र अविस्मरणीय हुनेछ भने नेपाली फ्यानका लागी अझै खुशी पार्ने छ यसको प्रत्यक्ष प्रसारण ले । उक्त खेलहरु अब कान्तिपुर एच डि च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यस अघी नेदरल्याण्ड्स क्रीकेट बोर्डले प्रत्यक्ष स्ट्रिमिङ (प्रसारण) गर्ने घोषणा गरेको थियो ।

कान्तिपुर च्यानलको प्रत्यक्ष प्रसारणका बारेमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो ट्विइटर बाट जानकारी गराएका थिए ।

नेपालले नेदरल्याण्ड्ससँग एतिहासिक दुइ एक दिवसीय अंतरराष्ट्रीय खेलहरु भिआरए खेल मैदानमा खेल्दै छ ।

जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगितामा यी दुइ टोली भिडेका थिए । यसै प्रतियाेगितामा दुबै टिमले एक दिवसीय मान्यता पाएका थिए ।

कसरी हेर्ने लाईभ टिभी बाहेक ?
कान्तिपुर च्यानलको वेबसाईट (kantipurtv.com) बाट पनि प्रत्यक्ष हेर्न सकिने छ ।

कती बजे सुरु हुन्छ खेल ?
नेपाली समय अनुसार दिउसो को २:४५ बाट खेल सुरु हुन्छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू