Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

सत्य हो, मलाई फल हान्दा बढाइचढाइ गरें, अब नयाँ मान्छे बन्ने कोशिस गर्छु : नेयमार

उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन्

सोमबार, १४ श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १४ साउन

रसिया विश्वकपमा आफ्नो   प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफमा  नेयमारले विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन् । यसका लागि उनले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन्।

सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन्।

सन् २०१८को विश्वकपमा नेयमार र ब्राजिलप्रति ठूलो अपेक्षा गरिएको थियो। तर बेल्जियमसँग पराजित हुँदै ब्राजिल क्वार्टर फाइनलबाटै बाहिरियो।

नेयमारले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। बरू उनी मैदानमा धेरै पटक लडे। ‘नाटक’ गरेको भन्दै उनको आलोचना भयो।

‘तपाईंलाई लाग्दो हो म ओभरएक्टिङ गर्छु,  हो कहिलेकाहीँ गर्छु पनि।  तर सत्य के हो भने मैदानमा मैले पीडा भोगिरहेको हुन्छु। तपाईंलाई थाहा छैन मैदानबाहिर मैले के भोगिरहेको हुन्छु, ’२६ वर्षिय नेयमारले भनेका छन्, ‘म जतिबेला मिडियासँग कुराकानी नगरी हिँड्छु यसको मतलब मलाई जितमात्र मन पर्छ भन्ने होइन यसको अर्थ मैले तपाईंहरूलाई निराश बनाउन जानिनसकेकाले हो।’

भिडियोमा उनले भनेका छन्-

जतिबेला म रूखो व्यवहार गर्छु। यसको कारण यो होइन कि एउटा बिग्रिएको बच्चाजस्तो हुँ। बरू निराशासँग कसरी जुझ्नु भन्ने मैले अझै सिकेको छैन।

म भित्र अझै पनि एउटा बच्चा छ। कहिलेकाहीँ उसले दुनियाँलाई मोहित पारिदिन्छ। अरूबेला उसले जोकोहीलाई रिस उठाइदिन्छ। मेरो लडाइँ त्यही केटोलाई जिउँदै राख्नका लागि हो, मैदानभित्र होइन मैभित्र।

तपाईंलाई लाग्दो हो म असाध्यै लडें तर वास्तवमा म लडेको होइन छिन्नभिन्न भएको हुँ। र यसो हुँदा कसैले तपाईंको शल्यक्रिया गरेको गोलीगाँठोमा टेकेको भन्दा बढ्ता दुख्छ।

मैले तपाईंहरूको आलोचना स्वीकार्न समय लगाएँ। मैले आफैंलाई ऐनामा हेर्न समय लगाएँ र नयाँ मान्छे बनें। अहिले हृदय फराकिलो पारेर म यहाँ छु।

म लडें। तर लड्नेहरू मात्र उठ्न सक्छन्।  तपाईं लडेको ममाथि ढुंगा बर्साउन सक्नुहुन्छ वा आफ्ना ढुंगाहरू पर फालेर मलाई उठ्न सहायता गर्न सक्नुहुन्छ किनकी जब म उठ्छु पूरै देश मसँग उठ्छ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू