Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

बलिउड

फरहान अख्तरले तोडे श्रद्धा कपुरको दिल, फरहानको डिभोर्स हुनुमा पनि श्रद्धाकै हात ?

हालै एक पत्रकार सम्मेलनमा श्रद्धाले फरहानको नाम नलिइकन कसैले आफ्नो दिल तोडेको बताएकी छन्

सोमबार, १४ श्रावन २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १४ साउन 

गत वर्ष बलिउड अभिनेत्री श्रद्धा कपुर र निर्देशक फरहान अख्तरबीचको अफेयर चर्चा उत्कर्षमा थियो । फरहानले आफ्नी श्रीमतीसँग डिभोर्स गर्नुमा श्रद्धासँगको प्रेमलाई नै मुख्य कारक मानिएको थियो ।

फरहान र श्रद्धा लिभ इनमा बस्न थालेको र श्रद्धाका बाबु शक्ति कपुरले छोरीलाई जबरजस्ति घर फर्काएको समाचारसमेत मिडियामा आए । तर, यस विषयमा श्रद्धाले कहिल्यै मुख खोलेकी छैनन् । न फरहानले केही बोलेका छन् ।

केही समयअघि श्रद्धाले आफ्नो इन्टाग्राममा अचानक फरहानालाई अनफलो गरिन् । यसबाट यी दुईबीचको सम्वन्ध तोडिएको आशंका गर्न थालियो । हालै एक पत्रकार सम्मेलनमा श्रद्धाले फरहानको नाम नलिइकन कसैले आफ्नो दिल तोडेको बताएकी छन् ।

‘विश्वास गरेको मान्छेले दिल तोडिँदिँदा सहन गाह्रो हुँदो रहेछ,’ उनले भनिन् ।

कसले तपाईंको दिल तोड्यो भन्ने पत्रकारको प्रश्नमा उनले ‘आफैं अनुमान गर्नुस’ भनेर टारिन् । यद्यपि, उक्त घटनापछि आफू धेरै दिन रोएको उनले बताइन् ।

फरहानसँग श्रद्धाले फिल्म ‘रक अन २’ मा काम गर्दा उनीहरुबीच प्रेम सुरु भएको हो । यसअघि उनी आदित्यकपुरसँग अफेयरमा थिइन् । आदित्यसँग श्रद्धाले ‘आशिकी २’ र ‘ओके जानु’ मा सँगै काम गरेकी थिइन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू