Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

पशुपतिनाथ मन्दिरका चारै ढोका खुल्ला, बोल बम यात्रीसहित भक्तजनको भीड

उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था छ

सोमबार, १४ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १४ साउन 

साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । 

पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ । 

लाम व्यवस्थित गरिएकाले आधा घण्टामा दर्शन गरेर फर्कन सकिन्छ । विशेष पूजा गर्ने र सुन्दरीजललगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने बोल बम यात्रीलाई छुट्टै लामको व्यवस्था गरिएको छ । लाममा दर्शन गर्ने भक्तजन जुन ढोकाबाट छिरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । 

चन्द्रमासअनुसार श्रावण मास लागेपछिको पहिलो सोमबार भएकाले बोल बम यात्री एवं भक्तजनको बिहानैदेखि भीड लागेको छ । मध्याह्न १२.१५ बजेसम्म दुई लाख बढी भक्तजनले मूल मन्दिरभित्रै छिरेर पूजा एवं दर्शन गरेको कोषले जनाएको छ । साउनको सोमबार भगवान् शिवलाई जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू