Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अवरुद्ध महाकाली राजमार्ग खुला निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

सामान्य अंकले उक्लियो शेयर बजार, नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढ्यो

कुल १ सय ५३ कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको कारोबार

आईतवार, १३ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १३ साउन 

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ३ दशमलव ६२ अंकले बढेको छ। कुल १५३ कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।

यस दिन बैंकिङ २.९, विकास बैंक ६.७, निर्जीवन बीमा कम्पनी ९.९ जीवन बीमा कम्पनी ५२.६ र अन्य समूह ६.३ अंकले बढे। होटल २०, जलविद्युत ३, फाइनान्स १, उत्पादन ६ र माइक्रोफाइनान्स समूह १ अंकले घटे।

कारोबारका आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ करोड २६ लाखको कारोबार हुँदा सोही कम्पनीका लगानीकर्ताले ५ प्रतिशत कमाए।

सोबाहेक अन्य कुनै कम्पनीको पनि कारोबार १ करोड पुग्न सकेन। नेसनल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै साढे ७ प्रतिशत नाफा कमाए। सिटी एक्स्प्रेस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९. ६ प्रतिशत गुमाए।

कम्पनीले १ बराबर १.६७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्नका लागि सोमबार बुक क्लोज गर्दैछ। हकप्रद नलिइकन बेच्नेतर्फ लगानीकर्ता अग्रसर हुँदा उसको मूल्य उच्च दरले घट्न पुग्यो।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू