Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अवरुद्ध महाकाली राजमार्ग खुला निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

लेत्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम प्रचारप्रसारको पर्खाइमा

जमीनमुनि १५ फिट उचाइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको नर्मदेश्वर शिवलिङ्ग स्थापना

शुक्रबार, ११ श्रावन २०७५, सगरमाथा पोष्ट

पोखरा, ११ साउन 

पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ । 

प्राचीनकालदेखि ऋषिमुनिले तपस्या गरेको पवित्रस्थलका रुपमा शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलमा अवस्थित नर्मदेश्वर महादेवको मन्दिरलाई साधकको अभिलाषा पूरा गर्ने तीर्थस्थल मानिन्छ । 

नर्मदेश्वर मोक्षधाम संरक्षण समितिका अध्यक्ष झवीन्द्रराज आचार्यका अनुसार परापूर्व कालमा कुनै सिद्ध साधकले यसै धाममा तपस्या एवम् साधनाका क्रममा नर्मदा नदीबाट नर्मदेश्वर शिवलिङ्ग ल्याई स्थापना गर्नु भनी स्वतः स्फुरण भएपछि शिवलिङ्ग स्थापना गरिएको जनविश्वास छ । 

नर्मदा नदीबाट शिवलिङ्ग ल्याई स्थापना गरिएका कारण यो नर्मदेश्वर धामका रुपमा चिनिन्छ । यस साधनास्थलमा बर वृक्षको छहारीमा बसी साधना यज्ञादि कार्य हुने भएकाले नर्मदेश्वर भगवानलाई दायाँ पारी बर वृक्षको नजिक हुँदै बग्ने पवित्र नदीलाई ‘बरगाछी’ भनिएको र पछि अपभ्रंश भई बगादी भएको किंम्वदन्ती अझै जनजिब्रोमा प्रचलित छ । 

मन्दिरको ऐतिहासिकता र यहाँको धार्मिक महत्वलाई दृष्टिगत गरी समितिले रु सात करोडको लागतमा ११ फिटको शिवलिङ्गसहित तीन तल्ले मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष आचार्यले बताए । 

मन्दिर निर्माणको प्रक्रिया शुरु भई २० प्रतिशत काम सकिएको छ । जमीनमुनि १५ फिट उचाइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको नर्मदेश्वर शिवलिङ्ग स्थापना गरिने छ । निर्माणाधीन मन्दिरको नक्सा परिकल्पनाकार धामका पीठाधीश ई स्वामी अनुराग गिरी (मौनी बाबा) जी महाराज छन् । 

निर्माणाधीन मन्दिरमा गुप्तमार्गबाट गर्भगृहभित्र गई पूजा गर्ने, तल्लो तल्लाबाट फूल र माथिल्लो तल्लाबाट जल चढाउने व्यवस्था मिलाइने उनले जानकारी दिए । माथिल्लो तल्लामा सम्पूर्ण देवी देवताको मूर्ति स्थापना गरिने तयारी छ । 

समितिले मन्दिरको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ यही साउन २६ गतेबाट ३० गतेसम्म गौवर्ती योगी सोमराजजी महाराजबाट हरिकथा प्रवचनको कार्यक्रम गर्दैछ । 

समितिका सदस्य शंकरप्रसाद पौडेलले नर्मदेश्वरधामको दर्शन गरेमा पितृहरू तर्ने जनश्विास रहेको बताए । मन्दिरमा मेष संक्रान्ति, कर्कट संक्रान्ति, मकर संक्रान्ति, श्रावणी, शिवरात्रि, नवदुर्गा र रामनवमीलगायतका विशेष तिथि एवम् पर्वमा विशेष पूजाआजा हुने गरेको उनले बताए । देश विदेशका साधु सन्त ध्यान एवं दर्शनका लागि नर्मदेश्वर धाम आउछन् । 

समितिले मन्दिरमा देश विदेशबाट आउने साधु एवम् तीर्थयात्रीलाई लक्षित गरी दुई छाक खाना एवं आवासको व्यवस्थापन गरेको जानकारी दिँदै अध्यक्ष आचार्यले त्यसका लागि मुठ्ठीदानको आह्वान गरिएको जानकारी दिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू