Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

एसिया कप क्वालिफायर

एसिया कप क्वालिफायर भदौ ११ देखि मलेसियामा हुने, विजेताले भारत र पाकिस्तानसँग खेल्ने

एसिया कप-२०१८ को छनोटका रूपमा हेरिएको यो प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एसियाका उत्कृष्ट ६ राष्ट्रको सहभागिता हुने

शुक्रबार, ११ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ११ साउन 

युएईमा हुने एसिया कप क्रिकेटका लागि आगामी भदौ ११ गतेदेखि मलेसियामा एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता हुने भएको छ।

एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार एसिया कप भदौ ११ देखि २२ सम्म क्वालालाम्पुरमा हुने भएको हो।

एसिया कप-२०१८ को छनोटका रूपमा हेरिएको यो प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एसियाका उत्कृष्ट ६ राष्ट्रको सहभागिता हुनेछ।

जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्नेछन्।

राउण्ड रोविन लिगपछि प्रतियोगिताको विजेताले एसिया कप भदौ ३० देखि असोज १२ सम्म युएईको दुबई र अबुधाबीमा हुने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप २०१८ खेल्न पाउनेछ।

छनोटको विजेताले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू