Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता

जय शम्भो ! जय विष्णु !

आज हरिशयनी एकादशी, मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

साउनको पहिलो सोमबार परेकाले भगवान शिव र विष्णुको एकैसाथ आराधना, वैदिक सनातन धर्म र संस्कृतिमा यस दिनको ठूलो महत्व

सोमबार, ७ श्रावन २०७५, सगरमाथा पोष्ट

काठमाडौं, श्रावण ७ । 

आज हरिशयनी एकादशी । विशेष गरेर हिन्दू धर्मावलम्बीहरूले व्रत बसेर, भगवान विष्णुको पूजा आराधना गरेर तथा आ–आफ्नो घरमा तुलसीको विरुवा रोपेर मनाउँदै छन् । एकादशी भएकाले आज देशैभर रहेका भगवान विष्णुको मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो देख्न सकिन्छ ।

हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

आज तुलसीको मठमा विधिपूर्वक तुलसी रोपिन्छ । असार शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी पनि भनिन्छ ।

त्यस्तै, आजको दिनमा नै साउन महिनाको पहिलो सोमबार समेत पर्न गएकाले भगवान शिव र विष्णुको एकैसाथ आराधना गर्ने अवसर पनि जुटेको छ । तसर्थ यस खालको विशेष अवसरलाई ठूली हरिशयनी एकादशी पनि भनिएको छ । 


असार शुक्ल एकादशीका अवसरमा आज निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व छ ।

आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक मान्यता छ । 

हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

हरिशयनी एकादशीका अवसरमा फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा दर्शनार्थीको ठुलो भीड लागेको छ ।

यस दिनमा नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले पर्वकै रूपमा मनाउने गर्छन् । पुराणहरूका अनुसार भगवान विष्णु यस दिनदेखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ वा हरिबोधिनी एकादशी भनिन्छ ।

यसरी बसिन्छ व्रत 

एकादशीको दिन विहान सबेरै उठेर घरको सरसफाई तथा नित्य कर्मबाट निवृत्त भई स्नान गरेर पवित्र जल घरमा छर्कने गरिन्छ ।

त्यस्तै, घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गरी तत्पश्चात उसको षोड्शोपचार सहित पूजन गर्ने र त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गरिन्छ ।

तत्पश्चात व्रत कथा सुन्नु पर्छ भने त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने प्रचलन छ । त्यस्तै, अन्तमा सेतो चादरले ढाकेको गद्दा वा तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउनुपर्छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू