Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

फ्यान प्रश्न र बलिउड अभिनेता शाहरुख खानको सटिक उत्तर !

हालै शाहरुख सुटिङका लागि जाने क्रममा करिब आधा घन्टा इन्स्टाग्रामार्फत फ्यानहरुसित रमाइलो संवादमा रमाए

सोमबार, ३२ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ३२ असार

किंग खान, किंग अफ बलिउड, किंग अफ रोमान्स र बादशाह नामले परिचित बलिउड अभिनेता शाहरुख खान कुनै पनि प्रश्नमा छिटो र सटिक उत्तर दिन माहिर छन् । उनको सेन्स अफ ह्युमरपनि राम्रो छ ।

हालै उनी सुटिङका लागि जाने क्रममा करिब आधा घन्टा इन्स्टाग्रामार्फत फ्यानहरुसित रमाइलो संवादमा रमाए । उक्त संवादमा फ्यानहरुले शाहरुखका व्यक्तिगत विषयमा रोचक प्रश्नहरु सोधेका थिए । र, शाहरुखले पनि त्यस्तै रमाइला जवाफ दिए ।

केही प्रश्न र जवाफ यस्ता थिएः

फ्यानः तपाईं किन यत्ति हट हुनुहुन्छ ?

शाहरुखः ‘रेड चिल्लिज’ को कारणले । (रेड चिल्लिज शाहरुखको प्रोडक्सन कम्पनीको नाम हो)

फ्यानः तपाईंको उमेर कति भयो ?

शाहरुखः विकिपेडीयामा चेक गर्नुस

फ्यानः तपाईं किन यति धेरै ह्यान्डसम ?

शाहरुखः के गरुँ, यस्तै जन्मिएँ ।

फ्यानः तपाईंले किन चाँडै बिहे गर्नुभयो ?

शाहरुखः लभ र लक जहिले पनि आउन सक्छ । मेरो जीवनमा यी दुवै गौरीको रुपमा चाँडै आए ।

फ्यानः तपाईं यतिबेला कहाँ हुनुहुन्छ ?

शाहरुखः तपाईंको दिलमा ।

फ्यानः सलमान खानलाई एक शब्दमा वर्णन गर्नुस न

शाहरुखः भाई

फ्यानः तपाईंसँग एक भेटका लागि बिन्ति गर्छु, के सम्भव छ ?

शाहरुखः कहाँ हुनुहुन्छ, म आफैं भेट्न आउँछु

फ्यानः तपाईं कसरी फिट रहनुहुन्छ ?

शाहरुखः म धुम्रपान गर्दिन, दैनिक १० घन्टा सुत्छु आम मानिसको जीवन बाँच्छु र झूटो बोल्दिन । -शाहरुखको लाइफ स्टाइल यसको ठिक उल्टो छ)

फ्यानः तपाईं दैनिक कतिपटक दिशा गर्नुहुन्छ ?

शाहरुखः योभन्दा झूर प्रश्न केही थिएन तिमीसँग सोध्नलाई ?


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू