Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

फिफा विश्वकप फाइनलको तरङ्ग : ओली-देउवा फ्रान्स, प्रचण्ड-पौडेल क्रोएसिया समर्थक !

सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका थिए, बहुप्रतिक्षित भीडन्त

आईतवार, ३१ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ३१ असार 

रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । फाईनल खेलको प्रभाव नेपालमा पनि परेको छ । प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु र मन्त्रीहरु समेतले आईतबार साँझ हुने विश्वकप फाईनल धुमधामसँग हेर्ने मनशाय बनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आईतबार हुने विश्वकप फुटबलको फाईनलमा फ्रान्सको समर्थन गर्ने भएका छन् । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने क्रोएसियाको समर्थक बनेका छन् ।

नेताहरुले आईतबार हुने फाईनल खेल आ–आफ्नो निवासमा परिवारका सदस्यहरुसँग बसेर हेर्ने मनशाय बनाएका छन् । नेपालमा फाईनल खेल विभिन्न क्लबमा बसेर हेर्नेहरुको संख्या ठूलो छ ।

सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो ।

उता क्रोएसिया पहिलो पटक फाईनलमा पुगेको हो । स्न १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो ।

जसमा फ्रान्सले ३ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । जारी विश्वकपमा दुबै टोली अहिलेसम्म अपराजित छन् ।

क्रोएसियाले फाइनलसम्म आईपुग्दा सबै ६ खेल जितेको छ भने फ्रान्सले ५ खेल जित्दै समुहको एक खेल बराबरी गरेको छ ।

यसपटक उपाधि जित्दै ईतिहास रच्ने क्रोएसियाको लक्ष्य छ । आईतबारको खेलमा फ्रान्सका लागि एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पे तथा क्रोएसियाका लागि लुका मोड्रिच र ईभान पेरिसिचको प्रदर्शन निर्णायक हुनेछ । फ्रान्स क्रोएसिया अहिलेसम्म ५ पटक आमने सामने भएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू