Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन, अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागे

पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए

बिहीवार, २८ आषाढ २०७५, सगरमाथा पोष्ट

फलेवास, पर्वत, २८ असार :

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ । 

पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गए राति १० बजेबाट सडक अवरुद्ध भएको थियो । बिहान १० बजेदेखि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक खुलेसँगै रातिदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तव्यतर्पm लागेका छन् । पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए । अहिले वर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि वर्षा हुँदासाथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताए । वर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा बागलुङ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू