Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरोको उच्च जोखिम क्षेत्रबाट ११ घर अझै हट्न बाँकी

स्थलगत निरीक्षण भएपछि तत्कालै पहिरो जोखिम क्षेत्र पहिचान गरी बस्ती सुरक्षित राख्न गठित अनुगमन समितिको निर्देशन

मंगलवार, २६ आषाढ २०७५, सगरमाथा पोष्ट

रत्ननगर, चितवन, २६ असार 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो जोखिम क्षेत्रका ३४ घरपरिवार अन्यत्रै सरे पनि ११ घर अझै हटेका छैनन् । 

जोखिम क्षेत्रका ४५ घरमध्ये ३४ घरपरिवार मुआब्जा लिएर गए पनि अटेर गरी बसेका इच्छाकामना गाउँपालिका–६ कालिखोलाका ११ घर अझै हट्न नसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए । 

उनका अनुसार अघिल्लो वर्षको असार १४ गते यहाँ संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षण भएपछि तत्कालै पहिरो जोखिम क्षेत्र पहिचान गरी बस्ती सुरक्षित राख्न गठित अनुगमन समितिले निर्देशन दिएको थियो । 

उक्त निर्देशनअनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो जोखिम क्षेत्रमा ४५ घर पहिचान गरी हटाउने प्रक्रिया थालेको थियो । यहाँको कालिखोला, तोपेखोला, चोर खोला, केराबारी र सेती दोभानको बस्ती पहिरोको उच्च जोखिममा थिए । 

जोखिम क्षेत्रका घरको कूल रु एक करोड ६४ लाखको मुआब्जा निस्किएकामा झण्डै ८० प्रतिशत घरले मुआब्जा लिएर गएको र अधिकतम एउटा घरले रु १५ लाखसम्म मुआब्जा पाएको इन्जिनियर खनालल बताए । 

सोमबारमात्रै यहाँको टकमायाँ गुरुङलाई रु नौ लाख ५४ हजार र दिलकुमारी गुरुङलाई रु दुई लाख २८ हजार मुआब्जाबापतको रकम उपलब्ध गराइएको उनले जानकारी दिए । 

उनीहरुलाई शुरुमा तोकिएको रकमको एक तिहाई उपलब्ध गराइने र घर हटाइसकेपछि बाँकी भुक्तानी गरिनेछ । बाँकी ११ घर पनि छिट्टै हट्ने नारायणगढ–मुग्लिक सडक आयोजनाले जनाएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू