Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

पाँचथरमा जीप भिरबाट खस्दा एकको मृत्यु, नौ जना घाइते

याङ्वरक देखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जीप बिहान चैतेभिरबाट खसेको थियो

मंगलवार, २६ आषाढ २०७५, सगरमाथा पोष्ट

पाँचथर, २६ असार :

पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् । 

स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जीप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो । 

मध्यपहाडी लोकमार्गअन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको बताइएको छ । जीपमा १० जना सवार थिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू