Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

गत सिजन मात्र बार्सिलोना आएका पाउलिन्हो फेरि चिनियाँ क्लब फर्किए

२९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो तर पाउलिन्हो एक सिजन मात्र बार्सिलोनामा बिताए

सोमबार, २५ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २५ असार

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब फर्किएका छन्।

गत सिजन मात्र चाइनिज सुपर लिग क्लब गोन्जाउ एभरगार्डबाट बार्सिलोना गएका पाउलिन्हो फेरि पुरानै क्लब फर्किएका हुन्।

२९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो। तर, पाउलिन्हो एक सिजन मात्र बार्सिलोनामा बिताए।

बार्सिलोनामा पाउलिन्होले ला लिगा र कोपा डेल रे उपाधि जितेका थिए। कीर्तिमानी मूल्यमा नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) गए पछि बार्सिलोनाले पाउलिन्होलाई पाउलिन्होलाई ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो। गत सिजन पाउलिन्होले बार्साका लागि ४९ खेल खेल्दै ९ गोल गरेका थिए।

रूस विश्वकपमा ब्राजिलका लागि एक गोलसमेत गरेका उनी विश्वकप लगत्तै पुरानो क्लब फर्किएका हुन्।

बार्सिलोना आउनु अघि ३ वर्ष गोन्जाउमा रहेका पाउलिन्होले ९५ खेल खेल्दै २८ गोल गरेका थिए। यसअघि पाउलिन्होले इंग्लिस क्लब टोटनह्यामबाट फुटबल खेल्ने गरेका थिए। उनी सन् २०१५ मा चिनियाँ क्लब पुगेका थिए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू