Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

परम्परागत साँस्कृतिक बाजा 'धिमे' र 'बाँसुरी'को संरक्षण अभियानमा बेनीका नेवार समुदाय !

बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालीम सञ्चालन भएको हो

सोमबार, २५ आषाढ २०७५, सगरमाथा पोष्ट

बेनी, म्याग्दी, २५ असार

सदरमुकाम बेनीमा नेवार समुदाय परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा जुटेका छन् । 

नेवार समुदायका युवाले पुराना कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेको नेपाल भाषा मंका : खलअन्तर्गतको मैजुः खलले शुभकार्यमा बजाइने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउन बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालीम सञ्चालन गरेको छ । 

युवापुस्ता विदेश पलायन हुन थालेपछि पुराना बाजाको प्रयोग घट्दै जान थालेपछि पुराना पुस्ताले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण र बाजा बजाउने सीपको क्षमता विकासका लागि तालीमसमेत प्रदान गरिएको छ । बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लोपोन्मुख कला र संस्कृतिको संरक्षण गर्न आवश्यकताअनुसार सहयोग गर्ने बताउछन्  । 

“युवापुस्तालाई पुराना सीपको हस्तान्तरणले समेत संरक्षणमा सघाउँछ”, श्रेष्ठले भने । बेनीबजारका कला, संस्कृति र सम्पदाको संरक्षणबाट जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ थियो । 

नेपाल भाषा मंकाः खलःका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वैदेशिक रोजगारी र बसाइँ सराइका कारण संकटमा परेको परम्परागत संस्कृतिको संरक्षणको आवश्यकता रहेको बताए । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू