Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आङ्दिममा होमस्टे सञ्चालनको पहल

शेर्पा टोललाई होमस्टेका रुपमा विकास गर्न यस वर्ष रु एक लाख ५० हजार खर्च गरिएको थियो

सोमबार, २५ आषाढ २०७५, सगरमाथा पोष्ट

तेह्रथुम, २५ असार 

छथर गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आङ्दिमको डङ्डङेस्थित शेर्पा बस्तीमा होमस्टे (घरवास) कार्यक्रम सञ्चालन हुने भएको छ । 

शेर्पा समुदायको बाहुल्यता रहेको डङ्डङे टोलमा होमस्टेको व्यावसायिक प्रवद्र्धन गर्न गाउँपालिकाले पहल थालेको हो । 

गाउँपालिकाले उक्त बस्तीका बासिन्दालाई होमस्टे निर्माण र सञ्चालनसम्बन्धी तालीमसमेत प्रदान गरेको छ । गाउँपालिकाको पर्यटन विकासका लागि विशेष कार्ययोजना बनाएर पहिलो चरणमा तालीम सञ्चालन गरी होमस्टे चलाउन टोलवासीलाई प्रोत्साहन गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । 

“ग्रामीण पर्यटनको सम्भावनाको खोजी गर्ने प्रयत्न गरिएको छ,” उनले भने, “यहाँको कला, संस्कृति र वेशभूषा नै पर्यटन प्रवद्र्धनको मुख्य आधार हुन् ।” शेर्पा टोललाई होमस्टेका रुपमा विकास गर्न यस वर्ष रु एक लाख ५० हजार खर्च गरिएको सो गाउँका अगुवा लाक्पाछुती शेर्पाले बताए । 

गाउँपालिकाले स्थानीयवासीलाई तीनदिने होमस्टे सञ्चालनसम्बन्धी तालीम दिएको हो । सो तालीममा गाउँका २७ महिला र पुरुषले सहभागिता जनाएका सो गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू