काठमाडौ, असार १९ ।
रुसमा जारी विश्वकपको प्री–क्वाटरफाइनल खेल अर्थात् अन्तिम १६ मा रहेको जापानको अब यसभन्दा अगाडीको यात्रामा पूर्णविराम लागेको छ । अब यससँगै सबै एशियाली टिमहरु यसपटकको विश्वकपबाट बाहिरिएका छन् । एशियाको अन्तिम आशाकोरुपमा रहेको जापाललाई सोमबार बेल्जियमले ३–२ गोलअन्तरले हराएसँगै एशियाको यसपटकको विश्वकप यात्रा समाप्त भएको हो ।
नकआउट चरण अन्तरगत सोमबार राति भएको खेलमा सुरूमा जापानले अग्रता लिएको भएतापनि उसले पछिसम्म सो अग्रता जोगाउन नसकेपछि बाहिरिनुपर्याे । यद्यपी, तुलनात्मक हिसाबले बलियो मानिएको बेल्जियमले जापानविरुद्ध खेल आफ्नो पक्षमा निर्णायक बनाउन अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्यो ।
यसअघी समूह- जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको थियो । अब उसको क्वाटरफाइनलमा भेट ब्राजिलसँग हुनेछ । ब्राजिलले सोमबारकै खेलमा मेक्सिकोलाई २-० गोलले हराएर क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ ।
सुरूदेखि जापानले २–० गोलको अग्रता बनाएको भएतापनि त्यो अन्तिमसम्म टिक्न सकेन । बेल्जियमले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
जापानका लागि खेलको ४८ औँ मिनेटमा गेनकी हारागुचीले र त्यसको तीन मिनेटपछि टाकासी इनुले दोस्रो गोल प्रहार गरेर समूहलाई दुई गोलको अग्रता दिलाएका थिए । तर सुरूमा शुन्य गोल रहेको बेल्जियमले ६९औँ मिनेटमा पहिलो गोल फर्काएसँगै खेलमा नयाँ तरंग थपिएको थियो ।
उसका लागि लागि जन भेर्टङ्गनले गोल गरेर खाता खोले । त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरेर जापानसँग बराबरी गराएका थिए ।
बराबरीतर्फ धकेलिएको खेलको अन्तिम मिनेटमा बेल्जियमका नेशर चादलीले गोल गर्दै जित सुनिश्चित गराए ।
यसअघी समूह- जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको थियो । अब उसको क्वाटरफाइनलमा भेट ब्राजिलसँग हुनेछ । ब्राजिलले सोमबारकै खेलमा मेक्सिकोलाई २-० गोलले हराएर क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ ।