Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्वकप फुटबल

नेयमारलाई रोक्ने दाउमा मेक्सिको, हेड-टु-हेडको आधारलाई हेर्दा ब्राजिल नै अगाडी

ब्राजिलको तागत नेयमार, मार्सेलो र काउन्टीन्हो तथा मेक्सिकोको हतियार हेर्नान्डेज, कार्लोस भेला र हिर्भिङ लोजाना

सोमबार, १८ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, असार १८ । 

रुसमा जारी विश्वकप फुटबलमा यसअछि ५ पटकसम्म विश्वकप विजेता रहिसकेको ब्राजिलले सोमबारको प्रि—क्वाटरफाइनलमा बलियो प्रतिस्पर्धी मेक्सिकोसँग भिड्दैछ । समूह ई को विजेता ब्राजिल र समूह एफ को उपविजेता मेक्सिकोका बीचमा रसियाको समरा एरिनामा निकै ठूलो भीडन्त हुने आँकलन गरिएको छ । जुन खेल नेपाली समयअनुसार राति ७ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ ।

त्यसो त ब्राजिल र मेक्सिको यसअघि पनि थुप्रैपटक भिडिसकेका छन् । अहिलेसम्म ब्राजिल र मेक्सिकोको ४० पटक भेट भएको छ । जसमा ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जितेको छ । त्यस्तै, ७ पटक भएका खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका छन् ।

सोमबारको यस खेलमा ब्राजिलका स्टार नेयमार लयमा रहेका कारण मेक्सिकोका लागि जीत निकाल्न उति सजिलो पक्कै हुनेछैन । हाल विश्वकै सबैभन्दा महंगा खेलाडीकारुपमा समेत नेयमार रहेको ब्राजिललाई रोक्न मेक्सिकोले विभिन्न रणनीति अपनाउने पक्का छ । 

तसर्थ, ब्राजिलका स्टार नेयमारलाई रोक्दै आफ्नो जित निकाल्ने रणनीति मेक्सिकोले बुनेको छ । मेक्सिकोसँग ब्राजिलविरुद्ध लड्नका लागि जाभिएर हेर्नान्डेज तथा कार्लोस भेला, हिर्भिङ लोजानो पनि रहेका छन् ।


त्यसो त ब्राजिल र मेक्सिको यसअघि पनि थुप्रैपटक भिडिसकेका छन् । अहिलेसम्म ब्राजिल र मेक्सिकोको ४० पटक भेट भएको छ । जसमा ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जितेको छ । त्यस्तै, ७ पटक भएका खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका छन् ।

मेक्सिकोविरुद्ध आजको खेलमा ब्राजिलसँग स्टार खेलाडी नेयमारसँगै फिलीप कोउटीन्हो, थियागो सिल्भा, मार्सेलो र पाउलिन्हो पहिलो रोजाइका खेलाडी हुनेछन् ।
यसअघि सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको मेक्सिको रसिया विश्वकपमा इतिहास रच्ने दाउमा देखिन्छ । उता ब्राजिलले पनि छैटौं पटक विश्वविजेता हुने मौकालाई कुनै पनि हालतमा गुमाउन चाहेको छैन ।  


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू