Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्वकप

फुटबलका दुई महारथी मेस्सी र क्रिष्टियानो रोनाल्डो सँग-सँगै घर फर्किए

राति भएको प्री-क्वार्टर फाइनलमा उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले तथा फ्रान्सले अर्जेन्टिनालाई ४- ३ गोल अन्तरले हराएको हो

आईतवार, १७ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १७ असार  

फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ । फुटबलमा आइतबार प्रि–क्वाटरफाइनलका दुई खेल हुनेछन्। आइतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क आमने–सामने हुँदै छन्। मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो ।

गए राति भएको प्री-क्वार्टर फाइनल अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । भने फ्रसले अर्जेन्टिनालाई ४- ३ गोल अन्तरले हराएको हो । यस जीतका साथ उरुग्वेले र फ्रन्सले क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ ।

इतिहासमै पहिलोपटक नकआउट चरणबाट बाहिरिएको अर्जेन्टिना यसअघि १९६२ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्सले खेलको १३औं मिनेटमा फ्रान्सका ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सले अग्रता दिलाएका थिए ।

फ्रान्सका एम्बाप्पेले काउन्टरबाट लगेको बललाई रोक्न खोज्दा अर्जेन्टिनाका रोजोर्ले डी बक्स एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फ्रान्सले १-०को अग्रता लिएपछि अर्जेन्टिना दबाबमा आएको थियो । तर, खेलको ४० औँ मिनेटमा अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमा नै अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ४८ औँ मिनेटमा मेसीको एसिस्टमा मरकाडोले गोल गर्दै खेलमा अग्रता कायम गरेका थिए ।

तर, अग्रताको खुसी मनाउन नपाउँदै ५७ औँ मिनेटमा बेन्जामिनले दोस्रो गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका थिए । तर, फ्रान्स त्यतिमामात्रै सीमित रहेन, खेलको ६४ र ६८ औँ मिनेटमा बाम्पेले गोल गरेका थिए । अतिरिक्त समयमा अग्युरोले गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा ल्याएपनि जित निकाल्न सफल भएन र अर्जेन्टिना विश्वकपबाट बाहिरिन पुग्यो ।

यता उरुग्वेको एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गर्‍यो । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्‍याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे ।

३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो । अब फ्रन्स र उरुग्वेको भेट जुलाई ६ मा हुनेछ ।

समुह चरणमा अर्जेन्टिनालाई ३–० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो। उता डेनमार्कले भने पेरुलाई १–० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो। क्रोएसिया र डेनमार्क दुवै टोली विश्वकपको पहिलो उपाधिको खोजीमा छन्।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू