Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

‘एसियन गेम’ मा उत्तर र दक्षिण कोरियाको संयुक्त टिम बनाउने

विगतका साढे छ दशकदेखि सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देश अहिले आएर नजिकिएका, विश्वलाई सकारात्मक सन्देश दिन यस्तो निर्णय गरिएको हुनसक्ने भनाई

शुक्रबार, १५ आषाढ २०७५, सगरमाथा पोष्ट

जकार्ता, १५ असार 

एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् । 

राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो । 

एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना गरिएको छ । सो खेलकूदका तीन खेल क्यानोइङि, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम निर्माण गर्न लागेका बताइएको हो । 

यसका साथै उक्त गेमको उद्घाटन र समापनका लागि आयोजना गरिने समाराहहरुमा पनि दुई देशले संयुक्त रुपमा मार्च गर्ने जनाएका पनि आयोजकहरुले बिहीबार जानकारी गराएका छन् । 

विगतका साढे छ दशकदेखि सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देश अहिले आएर नजिकिएका छन् । यसकारण पनि विश्वलाई सकारात्मक सन्देश दिन यस्तो निर्णय गरिएको हुनसक्ने बताइएको छ । 

तर यी दुई देशका तर्फबाट भने केही औपचारिक जानकारी गराइएको छैन । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू