Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्वकप

रसियामा जारी विश्वकप फुटबलमा हुँदैछन् आज यी चार खेल

अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब

बिहीवार, १४ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १४ असार 

रसियामा जारी विश्वकप फुटबलमा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । समूह जी र एच का चार खेल भएपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ।

नेपाली समयअनुसार साँझ ७ः४५ मा भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दै छन् । त्यस्तै, सामरा एरिनामा सेनेगल र कोलम्बियाबीचको खेल हुने ।

राति ११ः४५ बजे कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्ने छन् । मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ। समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन्। दुई टोलीबीच हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ।

समूह जीमा जापान शीर्ष स्थानमा रहेको जापान र सेनेगलको समान ४ अंक छ। ३ अंक रहेको कोलम्बियाको पनि अर्को चरणमा पुग्ने सम्भावना छ । पोल्यान्ड भने बाहिरिइसकेको छ। अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू