Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

राष्ट्र बैंक मौद्रिक नीतिको प्रतिक्षाले केही दिनयता शेयर बजार सुस्तायो !

सेयर धितो कर्जामा दिने अधिकतम ऋणको सीमा के हुने भन्ने विषयले लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन्

आईतवार, १० आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १० असार

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिरहँदा विगत केही दिनयता सेयर बजार सुस्ताएको छ।

बजारको परिसूचकमा न्यून अंकको उतारचढाव देखिएको छ। मौद्रिक नीतिले लिन सक्ने लक्ष्यप्रति लगानीकर्ता पर्खेको देखिन्छ। जसले गर्दा परिसूचक स्थिरजस्तै देखिएको छ भने कारोबार पनि न्यून भएको छ।

बिहीबार एक अंकमुनि हरियो रहेको नेप्से आइतबार १. ८९ अंकले मात्रै बढ्यो। परिसूचकको उतारचढाव मात्रै होइन कारोबार रकम पनि बढ्न सकेको छैन। गत बिहीबार १९ करोडको कारोबार भएकोमा आइतबार २० करोड ९३ लाखको कारोबार भयो।

सेयर धितो कर्जामा दिने अधिकतम ऋणको सीमा के हुने भन्ने विषयले लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन्। उनहिरु विगत लामो समयदेखि सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने माग गर्दै आएका छन्।

हाल औसत सेयर मूल्यको ५० प्रतिशत मात्रै ऋण बैंकहरुबाट सेयर धितो राखेर लिन पाइने व्यवस्था छ।

त्यस्तै मौद्रिक नीतिले व्याजदरलाई कता डोहोर्याउँछ भन्ने लगानीकर्ताका लागि चासोको अर्को विषय हो। ब्याजदर बढ्ने संकेत देखेमा बजारमा लगानी नगर्ने र घट्ने संकेत देखेमा लगानी बढाउने रणनीति लगानीकर्ताले लिने गरेको लगानीकर्ता पिताम्बर खरेल बताउँछन्।

‘मौद्रिक नीतिले व्याजदर मात्रै होइन, समग्र वित्तीय सन्तुलन कसरी अवलम्वन गर्छ भन्ने कुराले पनि बजारलाई अर्थ राख्छ’ उनले भने ‘त्यसकारण यतिबेला मौद्रिक नीतिको प्रतिक्षामै लगानीकर्ता देखिन्छन्।’ 

आइतबारको कारोबारपछि नेप्से १२१९ अंकमा कायम भएको छ। १६७ कम्पनीको साढे ७ लाख कित्ता सेयर किनबेच भयो। बजारको पुँजीकरण १४ खर्ब ४२ अर्ब कायम भएको छ।

नेसनल लाइफ इन्स्योरेन्स संस्थापकतर्फको सबैभन्दा बढी २ करोड रुपैयाँको कारोबार भयो। ओम डेभलपमेन्टको १ करोड बढीको कारोबार भयो। यस दिन आरम्भ माइक्रोफाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो। नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले साढे ९ प्रतिशत गुमाए।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू