Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन गर्भवती भएपछि निर्देशक मधुर डिप्रेसनको सिकार !

ऐश्वर्या र मधुरबीचको विवाद भएको थियो, तर, मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराउन सफल भए

शुक्रबार, ८ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, ८ असार 

बलिउडलाई अभिनेत्री ऐश्वर्या राय बच्चन गर्भवती भएको र आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई सहभागी गराएका निर्देशक मधुर भन्डारकर डिप्रेसनको सिकार भएको विषयले तताएको छ ।

अभिनेत्री ऐश्वर्याका कारण सन् २०११ मा निर्देशक भन्डारकर डिप्रेसनको सिकार भएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । उनीहरुकाअनुसार ऐश्वर्या र मधुरबीचको विवाद भएको थियो, तर, मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराउन सफल भए ।

उक्त ड्रिम प्रोजेक्टमा साइन गरेकी ऐश्वर्या गर्भवती भएको कुरा जब बाहिर आएको तब, बलिउड मात्रै तातेन, निर्देशक मधुर तनावमा परे । साइन गर्ने बखतमा आफू गर्भवती भएको नबताएकी ऐश्वर्या पहिलो रोजाइमा थिइन् निर्देशक मधुरको ।

जब ऐश्वर्या गर्भवती भएको थाहा पाए तब निर्देशक मधुरले डेढ वर्षदेखि रिसर्च गरेको आफ्नो ड्रिम प्रोजेक्ट फिल्मबाट ऐश्वर्यालाई फिल्मबाट निकालिदिए । ऐश्वर्याएलाई निकाले पनि निर्देशकलाई भने समस्या आइलाग्यो । फिल्मबाट ऐश्वर्यालाई निकालिदिएपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू