Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्वकप

अर्जेन्टिनाकाे यस पटक लज्जास्पद हारसँगै अागामी यात्रा कठिन, मेस्सीबाट सबैले अाश मारे

अर्जेन्टिना क्रोएशियासँग ३–० गोलले पराजित, क्रोएशियाका लागि रेविक, राकिटिक र मोड्रिकले एक/एक गोल गरेर जित सुनिश्चित गरे

शुक्रबार, ८ आषाढ २०७५, सगरमाथा पोष्ट

काठमाडाैं, ८ असार  

अहिले अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । गएराति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै सबैकाे नजरमा रहेका लियाेनल मेस्सीबाट अाश मारेका छन् ।

गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हाे । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ ।

क्रोएशियाबिरुद्ध मेस्सीको टोली अर्जेन्टिनाको प्रदर्शन बिर्सनलायक रह्यो । अर्जेन्टिना क्रोएशियासँग ३–० गोलले पराजित भयो । क्रोएशियाका लागि रेविक, राकिटिक र मोड्रिकले एक/एक गोल गरेर जित सुनिश्चित गरे ।

अर्जेन्टिनाले रुसको निज्नी नोभोगाड रंगशालामा निक्कै कमजोर प्रदर्शन गर्यो । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी पूरै असफल देखिएको खेलमा पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफको सुरुमै क्रोएशियाले अग्रता लियो । गोलरक्षक विली कावालेरोको गम्भीर गल्तीमा अर्जेन्टिनाले गोल खान पुगेको हो ।

ब्याकपास कलेक्ट गरेर डिफेण्डरलाई पास गर्न लाग्दा उनले क्रोएशियाका एन्टे रेविकलाई पास दिन पुगेका थिए । उनले शानदार गोलमार्फत टोलीलाई अग्रता दिलाए ।

जितसँगै क्रोएशियाको ६ अंक भएको छ भने उसले नकआउट चरणको यात्रा पक्का परेको छ । समूह डीमा २ खेलबाट अर्जेन्टिनाको १ अंक छ । आइसल्याण्डको १ अंक छ र नाइजेरिया अंकबिहीन छ ।

शुक्रबार नाइजेरिया र आइसल्याण्डबीचको खेलले अर्जेन्टिनाको भविष्य निर्धारण गर्नेछ ।

८१औं मिनेमा क्रोएशियाका कप्तान लुका मोड्रिकले डिबक्स बाहिरबाट सुन्दर गोल प्रहार गरे । खेलको इन्ज्यूरी समयको पहिलो मिनेटमा मिडफिल्डर इभान राकिटिकले बार्सिलोनाका आफ्ना टिममेट मेस्सीको टिमबिरुद्ध तेस्रो तथा विजयी गोल गरे ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू