Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

खेलमा खुट्टाको चोट बल्झिएपछि बिचैमा प्रशिक्षण छोडेर हिँडेका नेइमार अभ्यासमा फर्किए

रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका उनी घाइते भएका थिए

बिहीवार, ७ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, मस्को, ७ असार 

ब्राजिलियन स्टार नेइमार अभ्यासमा फर्किएका छन् । यसअघि मंगलबारको अभ्यास खेलमा उनको गोलीगाठामा चोट लागेपछि अभ्यास छोडेका थिए।

रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका उनी घाइते भएका थिए।

पहिलो खेलमा ब्राजिलका लागि गोल गरेका फिलिप कौउन्टिन्होले नेयमारले खुट्टामा पीडा महसुस गरेको स्वीकार गरे पनि मामिला गम्भीर नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबार कोस्टारिकाविरुद्धको खेलका लागि तयारी गरिहेको ब्राजिलको बुधबारको प्रशिक्षणमा नेयमार पुनः फर्किएका हुन्।

ब्राजिल फुटबल कन्फेडरेसनले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै नेयमार बुधबार सोचीको प्रशिक्षणमा सहभागी बनेको जानकारीसमेत दिएको छ।

स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो। सन् १९९८ मा एलन सियर माथि ११ पटक फल भएको थियो।

उक्त ट्विटमा विश्वकपको दोस्रो खेलका लागि ब्राजिलको तयारी जारी रहेको बताएको छ। पहिलो खेलमा ब्राजिलले स्विटजरल्याण्डसँग बराबरी खेलेको थियो। 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू