Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

अरनिको राजमार्ग खण्डअन्तर्गत दुर्घटना बढेपछि न्यूनीकरण अभियान शुरु, टाइम कार्ड लागू

व्यवसायीसँग दुर्घटना न्यूनीकरणकाबारेमा छलफल भएको र व्यवसायीलाई जानकारी दिएरै अभियान सञ्चालनसँगै कारबाही अगाडि बढाएको जानकारी

बिहीवार, ७ आषाढ २०७५, सगरमाथा पोष्ट

भक्तपुर, ७ असार 

अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ । 

प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै अभियान सञ्चालन गरिएको हो । 

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले छ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले ज्यादै जोखिमपूर्ण भएकाले यो सडकमा दुर्घटना न्यूनीकरणका लागि १० दिने अभियान शुरु गरेको जानकारी दिए । 

“साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालबाहक सवारीसाधनलाई टाइम कार्ड लगाएका छौँ, निर्धारित टाइमभन्दा बढी गतिमा हाँके सवारी चालकलाई कारबाही गर्छौं, यसले पनि तीव्रगतिका कारण हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउँछ ।” 

उनले भने– “अभियानकै लागि सात ठाउँमा प्रहरी परिचालन गरेर अभियान शुरु गरेका छौँ, अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालकदेखि पैदलयात्रुसम्मलाई परामर्श दिने, बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाक्ने, तीव्रगतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाहीस्वरुप जरिवाना लगाउने कार्य भएको छ ।” 

अभियान सञ्चालन गर्नु अघि यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणकाबारेमा छलफल भएको र व्यवसायीलाई जानकारी दिएरै अभियान सञ्चालनसँगै कारबाही अगाडि बढाएको उनले जानकारी दिए । 

दुर्घटना बढेपछि प्रहरीले साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ । टिपरको ठक्करबाट एकैपटक तीन जनाको ज्यान गएपछि प्रहरीले सोही दिनदेखि टाइम कार्ड लागू गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

उनले भने– “साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालबाहक सवारीसाधनलाई टाइम कार्ड लगाएका छौँ, निर्धारित टाइमभन्दा बढी गतिमा हाँके सवारी चालकलाई कारबाही गर्छौं, यसले पनि तीव्रगतिका कारण हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउँछ ।” 

प्रहरीले सडक दुर्घटनाको अर्को कारणका रुपमा देखिएको छाडा गाईबस्तु हटाउन सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको बताउँदै नगरपालिकाले त्यसतर्फ चासो नदिएकाले प्रहरी आफैँले हटाउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू