Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

ब्राजिलियन स्टार नेयमारले विश्वकपका आगामी खेलहरु गुमाउन सक्ने !

अभ्यासको क्रममा दायाँ खुट्टाको दुखाई बढेकाले ब्राजिलको आगामी खेलमा उनी अनुपस्थित हुनसक्ने आशंका बढेको हो

बुद्धबार, ६ आषाढ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ६ असार 

ब्राजिलियन स्टार नेयमारले रूसमा जारी विश्वकप फुटबलका आगामी खेल गुमाउनसक्ने भएका छन्।

विश्वकपको पहिलो खेलको क्रममा उनीमाथि भएका १० फलबाट केही घाइते भएका नेइमार अभ्यासको क्रममा दायाँ खुट्टाको दुखाई बढेकाले ब्राजिलको आगामी खेलमा उनी अनुपस्थित हुनसक्ने आशंका बढेको हो।

स्विट्जरल्याण्डसँगको खेलको क्रममा १० पटक नेयमारमाथि फाउल भएको थियो। मंगलबारको अभ्यासमा खुट्टाको औलामा दुखाइ बढेपछि हातले अनुहार छोपेको तस्बिरसहित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार बनाएका छन्।

पहिलो खेलमा ब्राजिलले १–१ को बराबरी खेलेको खेलमा नेइमारले गोल भने गर्न सकेका थिएनन्। तर उक्त खेलमा भएको फाउलहरुको कारण उनको गोलिगाँठोको चोट बल्झिएको हुनसक्ने बेलायती अनलाइन पत्रिका डेली मेलले जनाएको छ।

यस्तै सनमा आएको समाचार अनुसार आगामी खेलको लागि तयार हुन नेयमारलाई अझै केही दिनको आराम आवश्यक हुन्छ।

स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो। सन् १९९८ मा एलन सियर माथि ११ पटक फल भएको थियो।

आगामी शुक्रबार ब्राजिलले कोस्टारिकासँग समूह चरणको दोस्रो खेल खेल्ने छ।

समूहको दोस्रो खेलमा सम्भवत नेयमार खेल्ने छैनन्।

यसअघि ब्राजिलका प्रशिक्षकले टिटेले विश्वकपका लागि नेयमार शतप्रतिशत फिट नभएको  प्रतिक्रियासमेत दिएका थिए।

ब्राजिलका प्रशिक्षक टिटेले स्विट्जरल्याण्डसँगको खेलपछि विश्वको सबैभन्दा महंगा खेलाडीलाई कोस्टारिकासँगको खेलमा आराम दिन सक्ने समाचारमा भनिएको छ।

गएको फेब्रुअरीमा नेयमारको खुट्टामा देखिएको चोटको कारण उनले त्यसयता लामो समय मैदान बाहिर बसेका थिए।

स्विट्जरल्याण्डसँगको खेलमा आफूमाथि भइरहेको आक्रमणको विषयमा उनले रेफ्रीको पनि ध्यानाकर्षण गराएका थिए।

यसैबीच स्विट्जरल्याण्डले नेयमारलाई मात्र लक्षित गर्ने आफूहरुको कुनै नियत र उद्धेश्य नभएको स्पष्ट पारेको छ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू