Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

विश्वचर्चित खेलाडी मेसीलाई असहज महसुस, विश्वकपमा सोमबार ३ खेलहरु हुने

विश्वकपको दोस्रो खेल आफ्ना समर्थकहरुको मन बुझाउनेगरी खेल प्रदर्शन गर्ने अर्जेन्टीनाका खेलाडीहरुको अठोट छ

सोमबार, ४ आषाढ २०७५, सगरमाथा पोष्ट

मस्को, ४ असार 

अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । 

शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ । 

अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए । 

पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा उनलाई आफ्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाई छ । 

खेलपछि पत्रकारहरुसँग साम्पौलीले भने “आइसल्याण्डको अत्यन्त रक्षात्मक खेलका कारण मेसीले धेरै असहज महसुस गरेका छन् ।” 

मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको धेरै आलोचना र उनीप्रति असन्तुष्टी व्यक्त भइरहेका बेला उनले असहज महसुस गरेको समाचार आएको हो । 

अर्जेन्टीनाले यो विश्वकपको दोस्रो खेल यही जुन २१ तारिख अर्थात् असार ७ गते क्रोएसियासँग खेल्ने छ । त्यतिबेला आफ्ना समर्थकहरुको मन बुझाउनेगरी खेल प्रदर्शन गर्ने अर्जेन्टीनाका खेलाडीहरुको अठोट छ । 

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार तीन वटा खेल हुन लागेका छन् । विश्व फुटबल महासंघको आधिकारिक वेभसाईटमा दिइए अनुसार आइतबार पहिलो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे स्वीडेन र कोरिया रिपब्लिकबीच हुने तालिका रहेको छ । 

त्यसैगरी दोस्रो खेल राति ८ः४५ मा भिडन्त हुँदैछ भने राति ११ः ४५ मा अर्को टिम भिड्ने भएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू