Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा २ को मृत्यु

दुर्घटनामा मोटरसाइकल पुलमै अड्किएको र मोटरसाइलमा सवार दुई जना उछिट्टिएर सडकबाट करीब सय मिटर तल खसेको भनाई

आईतवार, ३ आषाढ २०७५, सगरमाथा पोष्ट

रत्ननगर, चितवन ३ असार 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आईतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा६५प ३७०४ नंको मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल पुलमै अड्किएको र मोटरसाइलमा सवार दुई जना उछिट्टिएर सडकबाट करीब सय मिटर तल खसेको आचार्यले बताए । शवलाई कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली र जनपद प्रहरीले शव निकालेका जनाइएको छ । अफ्ठेरो स्थानमा खसेकाले प्रहरीले डोरीबाट गएर शव निकालेका थिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू