Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

बलिउड

बलिउडमा कुनै बेला नाम चलेका यि नायिकाहरु जो अहिले गुमनाम छन्

केही अभिनेत्री मात्र लामो समयसम्म फिल्म उद्योगमा रहन्छन् तर केही यस्ता अभिनेत्री पनि छन्, राम्रो फिल्म खेलेपछि पनि उनीहरू असफल भए

बिहीवार, ३१ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, ३१ जेठ 

बलिउडमा प्रायः अभिनेत्रीको फिल्मी करिअर त्यति लामो हुँदैन । केही अभिनेत्री मात्र लामो समयसम्म फिल्म उद्योगमा रहन्छन् । तर, केही यस्ता अभिनेत्री पनि छन्, राम्रो फिल्म खेलेपछि पनि उनीहरू असफल भए ।

समिता शेट्टी


सुपरहिट अभिनेत्री शिल्पा शेट्टीकी कान्छी बहिनी समिता शेट्टीले २००० मा मेगाब्लकबस्टर फिल्म ‘मोहब्बतेँ’बाट बलिउड यात्रा सुरु गरेकी थिइन् । समिताको फिल्मी करिअर त्यस्तो उपलब्धिमूलक रहेन । प्रायः उनलाई साइड भूमिका मात्र मिले । २००७ मा उनी फिल्म ‘हुरी पुत्तर’मा देखिएकी थिइन् । यसको ९ वर्षपछि उनी तामिल र कन्नड फिल्ममा देखिने भएकी छिन् । अहिले समिता ३९ वर्षकी भइन् । अहिलेसम्म उनी अविवाहित छिन् ।

आसिन


२००८ मा प्रदर्शन भएको आमिर खानको सुपरहिट फिल्म ‘गजनी’बाट बलिउड करिअर सुरु गरेकी थिइन्, आसिनले । उनी तामिल फिल्मकी सुपरहिट अभिनेत्री पनि हुन् । तर, बलिउडमा भने २०१५ मा प्रदर्शन भएको फिल्म ‘अल इज वेल’ उनको अन्तिम फिल्म थियो । २०१६मा उनले माइक्रोम्याक्स कम्पनीका को–फाउन्डर राहुल शर्मासँग बिहे गरिन् । त्यसपछि उनी फिल्मी दुनियामा देखिएकी छैनन् ।

ट्विंकल खन्ना


पुराना अभिनेता राजेश खन्नाकी छोरी ट्विंकल खन्नाको सौन्दर्यलाई लिएर हरकसैले प्रशंसा गर्छ । उनले १९९५ मा मेगाब्लकबस्टर फिल्म ‘वर्षात्’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । तर, ६ वर्षपछि उनको करिअर सकियो । उनी २००१ मा फिल्म ‘लभके लिए कुछ भी करेगा’मा देखिएकी थिइन् । उनले २००१ मा बलिउड अभिनेता अक्षयकुमारसँग बिहे गरेपछि फिल्मबाट किनारा लागेकी हुन् ।

अमृता राव


अभिनेत्री अमृता रावले २००२ मा फिल्म ‘अब के बरस’बाट बलिउडमा पाइला राखिन् । तर, उनको चर्चा भने २००६ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘विवाह’बाट भयो । अमृताले सुपरहिट फिल्म ‘मस्ती’मा पनि काम गरेकी थिइन् । उनको २०१३ मा प्रदर्शन भएको फिल्म ‘सत्याग्रह’ अहिलेसम्मको अन्तिम फिल्म हो । उनी २०१६ मा ब्वाइफ्रेन्ड अनमोलसँग बिहे गरेर घरगृहस्थीतिर लागेकी छिन् ।

नम्रता शिरोडकर


यस मामलामा सबैभन्दा पहिले चर्चित अभिनेत्री शिल्पा शिरोडकरकी बहिनी नम्रता शिरोडकरको नाम आउँछ । नम्रता शिरोडकरले १९९८ मा फिल्म ‘जब प्यार किसी से होता है’बाट फिल्मी करियर सुरु गरेकी थिइन् । त्यसको ६ वर्षपछि २००४ मा उनको अन्तिम फिल्म ‘रोक सको तो रोक लो’मा न्यारेटरको भूमिकामा देखिएकी थिइन् । त्यसपछि उनले साउथ इन्डियन सुपरस्टार महेश बाबुसँग बिहे गरिन् र घरगृहस्थीतिर लागिन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू