Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

टिप्परको ठक्करबाट मृत्यु, दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिप्परमा आगजनी

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो

बुद्धबार, ३० जेष्ठ २०७५, सगरमाथा पोष्ट

भक्तपुर, ३० जेठ 

बा ४ ख ३५५८ नं को टिप्परले एक स्कुटरलाई पछाडिबाट बुधबार अपराह्न ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । 

स्थानीय जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिपरले कोटेश्वरतर्फ नै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । 

घाइते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पतालमा लगिएकामा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते छन् । 

दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिप्परमा आगो लगाइदिएको छ । आगलागीबाट टिप्परमा क्षति पुगेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो । ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै सडकमा स्थानीयवासीले निकैबेर नाराबाजी गरेका थिए । काठमाडौँबाट आएका दुई दमकलले आगो नियन्त्रणमा लिएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू