Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ अब बजारमा

बाह्र वर्षदेखि भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत थापाका लागि ‘शब्द’ र ‘ब्यारेक’ ले उनको जीवनमा नयाँ आयाम थपेको छ

मंगलवार, २९ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २९ जेठ 

भारतीय सेनामा कार्यरत गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा आएको छ । 

पन्ध्र वर्षदेखि गीत सिर्जनामा रमाउँदै आएका थापाको उक्त एल्बममा ‘यो साल पनि’, ‘कुवाको पानी’, ‘तिम्रो बिहे’, सधैँ हतार’, ‘अ‍ैले त अल्लारे’, ‘आमा’, ‘नटाढिनु है’, ‘सुख दिन नसकेनी’, ‘हैरान पार्ने’, ‘धनको गरीब भए पनि’ जस्ता १० वटा गीत समावेश छन् । 

पर्फर्मिङ आर्ट क्रियशन प्रालिले सार्वजनिक गरेको ती गीतमा स्वच्छा ठकुरी, अञ्जु पन्त, देव आले, शिव परियार, कृष्णभक्त राई, गोविन्द गुरुङ, कल्पना गौतम, चन्दा देवी र राजेश थपलियाको स्वर रहेको छ भने हरि लम्साल, देव आले, कृष्णभक्त राई, बिबी अनुरागी र विनोद खम्बुको संगीत रहेको छ । 

बाह्र वर्षदेखि भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत थापाका लागि ‘शब्द’ र ‘ब्यारेक’ ले उनको जीवनमा नयाँ आयाम थपेको छ । थापाका प्रायः सबै गीत सरल र ओझिला छन् चलचित्र शिरफुलको ‘शिरैमाथि शिरफुल’, बोलको गीतमा मिडिया एण्ड इन्टरटेनमेन्टले प्रदान गर्ने यसवर्षको उत्कृष्ट गीततर्फको क्रिटिक्स अवार्ड पाएका उनको सात वर्षअघिको ‘यो साल पनि बाँझै बस्यो’ र चार वर्षअघिको ‘कुवाको पानी’ चर्चित थिए । 
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू