Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
प्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्रप्रदेश सरकारको निर्णयविरुद्ध पत्रकार महासङ्घले बुझायो ज्ञापनपत्र भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय

दोहोरो अंकले घट्यो शेयर बजार, २५ अंकले घटेर १ हजार २ सय ३१ बिन्दुमा आइपुग्यो

सबै समूहहरु ओर्लिएका छन्। बैंकिङ १९, होटल ५४, विकास बैंक २२, जलविद्युत २७, फाइनान्स ५, बिमा २१७, उत्पादन २७, अन्य ९ र माइक्रोफाइनान्स समूह ४३ अंकले झरे।

आईतवार, २७ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २७ जेठ 

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५ अंकले झरेको छ।

कुल १६२ कम्पनीको ४४ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भयो। परिसूचक १२३१ अंकमा अडिएको छ भने बजारको पुँजीकरण १४ खर्ब ५३ अर्बमा कायम भएको छ।

यस दिन सबै समूहहरु ओर्लिएका छन्। बैंकिङ १९, होटल ५४, विकास बैंक २२, जलविद्युत २७, फाइनान्स ५, बिमा २१७, उत्पादन २७, अन्य ९ र माइक्रोफाइनान्स समूह ४३ अंकले झरे।

कारोबारका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ। कम्पनीको ४ करोड २० लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता १७५ रुपैयाँमा झरेको छ।

एभरेष्ट बैंकको १ करोड ८३ लाखको सेयर कारोबार हुँदा नेपाल टेलिकमको १ करोड ८० लाखको किनबेच भयो।

उन्नति माइक्रोफाइनान्सको मूल्य ९. ९ प्रतिशतले बढेको छ। सपोर्ट माइक्रोफाइनान्सको मूल्य ७. ९ प्रतिशतले बढ्यो। मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशत गुमाउँदा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७ प्रतिशतले घट्यो।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू