Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

धितोपत्र बजारमा १ अर्ब बढीको कारोबार, गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन, नेप्से कारोबारका लागि पाँच दिन खुला रह्यो

शनिबार, २६ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २६ जेठ  

धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो । गत साता १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार बराबरको कारोबार भएको थियो । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंकले घटेर अन्तिम दिन १२५७ दशमलव शुन्य सात अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ७३ अंकले घटेर २६४ दशमलव ४६ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड २७ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । 

यस्तै शेयर संख्याका आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको चार लाख सात हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता नेपाल सेवा लघुवित्त संस्था लिमिटेडको ६० लाख कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू