Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

टाइगर श्राफसँगको प्रेम अस्विकार गर्दै दिशा पटानीले पत्रकारमाथि नै अनेक आक्षेप लगाएपछि .....

हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा दिशाले भनेकी छन्, ‘हो हामी एक साथ हिँड्छौं । घुम्छौं । मस्ति गछौर्ंं । के दुई राम्रो साथीबीच यो हुन सक्दैन ? प्रेम नै हुनुपर्छ भन्ने छ ?’

बिहीवार, २४ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २४ जेठ 

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेमका विषयमा भारतमा बच्चा-बच्चालाई थाहा छ । उनीहरु कयौंपटक रोमान्समा लिप्त भएको अवस्थामा भेटिएका छन् ।

तर, दिशा ढोंग गर्न सिपालु रहिछन् । उनले एक अन्तरवार्तामा आफूहरु राम्रो साथी मात्र रहेको र प्रेम नरहेको दावी गर्दै मिडियामाथि नै अनेक आक्षेप लगाइन् । ‘पत्रकारको पेटमा किन लात्ती हान्नु भनेर’ अहिलेसम्म आफूहरुले यो खबरको खन्डन नगरेको उनको भनाई छ ।

हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा दिशाले भनेकी छन्, ‘हो हामी एक साथ हिँड्छौं । घुम्छौं । मस्ति गछौर्ंं । के दुई राम्रो साथीबीच यो हुन सक्दैन ? प्रेम नै हुनुपर्छ भन्ने छ ?’

त्यसपछि उनी मिडियामाथि खनिइन्, ‘अहिलेका मिडियाको कसले विश्वास गर्छ । पैसाको लागि जे पनि लेखिदिन्छन् । हाम्रो अफेयरको चर्चा गर्दा उनीहरुको भ्यूज बढ्छ होला त्यसैले लेख्छन् । म उनीहरुको पेटमा लात्ती हान्न चाहन्न ।’

त्यसो त उनले टाइगरसँग अभिनय गरेको फिल्म ‘बागी २’ हिट भएपछि दिशाको भुँईंमा न भाँडामा भएकी छिन् । पहिले मिडियासँग विनम्र र शालिन तवरले पेश हुने उनको अहिले शैली बदलिएको छ ।

उनी आफूलाई ठूलै स्टार सम्भिन थालेकी छन् । जबकी उनी टाइगर श्राफसँगको सम्वन्धकै बलमा यहाँसम्म आएकी हुन् । नत्र उनले बलिउडमा स्थान पाउनै मुस्किल थियो । त्यसो त टाइगर पनि बाबु ज्याकी श्राफको ज्याकले गर्दा बलिउडमा छिरेका न हुन् । नत्र अभिनयमा त उनी जिरो नै छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू