Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली आज मिति २०७८ साल असार ७ गते सोमबार, जुन २१, तपाँईको आजको दिन कस्तो हुनेछ ? १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह बाढीले अर्बौँको क्षति : शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

लगानीकर्ताको विरोधका कारण शेयर बजार प्रभावित, पूँजीगत लाभकर बिरुद्द आन्दोलन !

सरकारले शेयर कारोवारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन्

मंगलवार, २२ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, २२ जेठ 

हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि मंगलबार शेयर कारोवार प्रभावित भएको छ । 

लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि कारोवार हुन सकेन । सरकारले शेयर कारोवारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । 

लगानीकर्ताले स्टकको कार्यालयमा पुगेर विरोध जनाएका थिए । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले कारोवारमा केही समस्या आएको बताए । 

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए । 

सरकारले बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यसअघि ५.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । 

लगानीकर्ताले मंगलबार नै अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू