Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण पार्टी आधिकारिकताका लागि जसपा यादव पक्ष निर्वाचन आयोगमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन विषादीयुक्त आँप बिक्री दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै बेपत्ता भनिएका सकुशल फेला बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन उपत्यका छिर्ने नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना

दोहोरो अंकले घट्यो नेप्से, ३३ अंकले ओरालो लाग्दै १ हजार २ सय ७३ अंक कायम

बैंकिङ २६, होटल ६१, विकास बैंक ३०, जलविद्युत ३३, फाइनान्स ८, बिमा २९०, अन्य १७ र माइक्रोफाइनान्स समूह ५५ अंकमा ओर्लिए

आईतवार, २० जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, २० जेठ 

आइतबार सेयर बजार ३३ अंकले ओर्लिएको छ।

सरकारले पुँजीगत लाभकर गणनाका लागि बोनस र हकप्रदको अंकित मूल्य नै कायम गरेर आधार मूल्य तय गर्न निर्देशन दिएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको हो।

पुँजीगत लाभकर बढाएको सरकारले लाभकरका लागि बढी रकम गणना गर्न मिल्नेगरी घुमाउरो रणनीति लिएको हो।

जसले गर्दा आइतबार नेप्से कुनै पनि क्षणमा हरियो हुन सकेन। ३३. ७१ अंकले ओर्लिएर नेप्से १२७३ अंकमा कायम भएको छ। कारोबार रकम भने बढेको छ। १५५ कम्पनीको ५४ करोड ६६ लाखको सेयर किनबेच भयो।

उत्पादनबाहेक सबै समूह ओर्लिएका छन्। सो समूह ३५ अंकले बढ्यो।  बैंकिङ २६, होटल ६१, विकास बैंक ३०, जलविद्युत ३३, फाइनान्स ८, बिमा २९०, अन्य १७ र माइक्रोफाइनान्स समूह ५५ अंकमा ओर्लिए।

राष्ट्रिय बिमा कम्पनीको संस्थापकतर्फको कारोबार उच्च रह्यो। सो कम्पनीको ३ करोड ७६ लाखको कारोबार भयो। नेपाल बैंकको २ करोड ७४ लाख तथा राष्ट्रिय बिमा कम्पनी साधारणतर्फ सेयरको १ करोड ८९ लाखको कारोबार भयो।

युनिलिभरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता १०२८ रुपैयाँले बढेर २६ हजार ५ सय कायम भयो। गुमाउनेमा मेगा बैंकका लगानीकर्ता अगाडि रहे। कम्पनीको मूल्य ९. ७ प्रतिशतले घटेर प्रतिकित्ता १८६ कायम भएको छ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू