Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

पर्यटन प्रवद्र्धन गर्न नेपाली पर्यटन व्यवसायी भारतमा, बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यका विषयमा कार्यपत्र प्रस्तुत

कार्यपत्रमा चितवन राष्ट्रिय निकुञ्ज परिसरका गन्तव्य, त्रिवेणी धाम, शास्वत धाम, गिद्ध संरक्षण केन्द्र, सौराहा, देवघाट, मेघौली, कसरा, शहीद स्मारक, इन्द्र सरोवर, भुटनदेवी, चुरीयामाई, गढीमाई, लुम्बिनी लगायतका पर्यटकीय गन्तव्यको विषयमा तस्बिरसहित प्रस्तुत गरिएको थियो

शुक्रबार, १८ जेष्ठ २०७५, नारायण अधिकारी.

भारत, पटना, १८ जेठ

‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ नाराका साथ चितवनका पर्यटन व्यवसायी यति बेला भारतीय सीमा शहर पटनामा पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

हिन्दी भाषामा लेखिएको यो नाराले छिमेकीकोमा घुम्न जाउँ, सदावहार विशेष दृश्यावलोकनको सौन्दर्भमा ‘रमाऔं भन्ने सन्देश दिएको छ’ ।

नेपालका पर्यटकीय गन्तव्यमा सुविधा सम्पन्न होटल थपिँदा पर्यटक आकर्षित गर्ने उद्देश्यले भारतका विभिन्न शहरमा प्रचारप्रसार अभियान थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्र पारेर बारादेखि लुम्बिनी सम्मको क्षेत्रको पर्यटकीय गन्तव्यलाई सीमाक्षेत्रको बिहार र उत्तर प्रदेशमा प्रचार गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाले शुक्रबार भारतको पटनामा यहाँका पर्यटन व्यवसँयीसँग अन्तक्र्रिया गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराई र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले नेपाल र मूख्य रुपमा बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनीहरुको कार्यपत्रमा चितवन राष्ट्रिय निकुञ्ज परिसरका गन्तव्य, त्रिवेणी धाम, शास्वत धाम, गिद्ध संरक्षण केन्द्र, सौराहा, देवघाट, मेघौली, कसरा, शहीद स्मारक, इन्द्र सरोवर, भुटनदेवी, चुरीयामाई, गढीमाई, लुम्बिनी लगायतका पर्यटकीय गन्तव्यको विषयमा तस्बिरसहित प्रस्तुत गरिएको थियो ।

प्रस्तुतिमा दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, पाटे बाघ, घडियाल, गोही, हात्ती, गौरीगाई, चरा लगायतबारे प्रकाश पारिएको थियो । चितवन निकुञ्ज र आसपाका क्षेत्रमा २३ मूख्य पर्यटकीय गतिविधि गर्न सकिने कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भारतीय सीमा शहरबाट छोटो दुरीमा थोरै लागतमा भारतीय पर्यटकले नेपालको मनमोहक प्राकृतिक सौन्दर्यता, अनुपम संस्कृति, दुर्लभ वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गरी आनन्द लिनसक्ने बताए । उनले यहाँ बिदा र अत्याधिक गर्मी हुँदा नेपालमा मौसम अनुकूल रहने भन्दै भारतीय व्यवसायीलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

सोही अवसरमा पर्यटन व्यवसायी युवराज लामाले पर्सा राष्ट्रिय निकुञ्ज केन्द्रित पर्यटकीय गन्तव्यको विषयमा जानकारी गराएक थिए ।

कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका निर्देशक गोविन्द भुयनले संयुक्त रुपमा दुई देशको पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । सीमा क्षेत्र जोडिएकाले दुबै देशको पर्यटन प्रवद्र्धनका लागि सरोकारवालाबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए । नेपाली समूहलाई स्वागत गर्दै उनले लक्ष प्राप्तिका लागि आफ्नो स्थानबाट सहयोग पु¥याउने बताए ।

कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीले नेपालमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न सुझाव दिएका थिए । उनीहरुले वाल्मिकी आश्रमको संयुक्त रुपमा संरक्षण गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्रको सहज र सुलभ प्याकेज बनाउनुपर्ने, दुर्लभ वन्यजन्तु लगायतका नेपालका पर्यटकीय गन्तव्यको भारतीय क्षेत्रमा प्रचार गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।

कार्यक्रममा भारतको विहार प्रदेशका पर्यटन मन्त्रालयका पदाधिकारी, पटनाका होटल व्यवसायी, टुर अपरेटर, पत्रकारलगायतको उपस्थिति रहेको थियो । नेपाल पर्यटन बोर्डको सहकार्य तथा क्षेत्रीय होटल संघ सौराहको समन्वयमा ३२ सदस्यीय टोली छिमेकी राष्ट्र भारतको रक्सौल, मोतिहारी, मोजफपुर हुँदै बिहीबार पटना आइपुगेको हो । टोलीले पटनापछि वनारस र लखनउका पर्यटन व्यवसायीसँग छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रम गर्ने छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू