Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

नेपाल एकदिवसीय टिमको वरियतामा समावेश, चार खेल खेलेपछि देखिने छ नेपालको नाम

आईसीसीले जुन १ अर्थात शुक्रबारदेखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो

शुक्रबार, १८ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौं , १८ जेठ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ ।

आईसीसीले एक दिवसीय क्रिकेटका उदाउँदा टिमको रुपमा चार देशलाई विस्तारित एक दिवसीय (ओडीआई) टिम वरियतामा समावेश गरेको हो ।

आईसीसीले जुन १ अर्थात शुक्रबारदेखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो ।

यी चार देशलाई सहभागी गराउनका लागि आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरेको छ ।

यसको अर्थ नेपालसहितका चार देशले अब खेल्ने एक दिवसीय खेललाई वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा हेरिने छ । अर्थात अब हरेक एक दिवसीय खेलबाट वरियताका लागि अंक निर्धारण हुनेछ ।

नेदरल्याण्डसले गएको वर्ष आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको थियो । यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका हुन् ।


 

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा २८ अंकसहित स्कटल्याण्ड १३ औं स्थानमा छ । यस्तै युएई १८ अंकसहित १४ औं स्थानमा छ । नेदरल्याण्डससँग १३ अंक छ भने नेपालसँग रेटिङका लागि चाहिले अंक छैन ।

तर, नेपाल र नेदरल्याण्डसले अब चार वटा एक दिवसीय खेल खेलेपछि आईसीसीको एक दिवसीय वरियतामा आˆनो स्थान बनाउने छन् ।

एक अर्काविरुद्ध खेल्ने हरेक खेलबाट टिमले वरियताका लागि चाहिने अंक पाउने छन् । सन् २०१५ को मे १ देखि ३० अपि्रल २०१७ सम्मका खेलको अंक भार ५० प्रतिशत र सन् २०१७ को मे १ यताका खेलको अंक भार १०० प्रतिशत हुने आईसीसीले जनाएको छ ।

वरियतामा नयाँ थपिएका नेपालसहितका चार देशको वरियता क्रममले तालिकामा पहिलेदेखि नै रहेका टेस्ट मान्यता प्राप्त १२ देशको वरियतामा भने कुनै असर गर्ने छैन । नेपाल र नेदरल्याण्डसले वरियतामा पर्नका लागि चार खेल खेल्नु पर्नेछ । वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू