Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

बलिउड

दीपिका पादुकोण ‘सुपर हिरो’ फिल्ममा देखिंदै, फिल्मको बजेट तीन सय करोड हुने !

सूत्रलाई उद्धृत गर्दै मिडियाहरूले यो फिल्मका लागि दीपिकाले मार्सल आट्र्सको गहिरो प्रशिक्षण लिने तयारी गरेकी छन्

बुद्धबार, १६ जेष्ठ २०७५, सगरमाथा पोष्ट

एजेन्सी, १६ जेठ 

‘पद्मावत्’पछि दीपिका पादुकोणको नयाँ फिल्म कुन होला भन्ने प्रतीक्षा उनका फ्यानहरूलाई हुनु स्वाभाविक हो । रणवीर सिंहसँग आगामी १९ नोभेम्बरमा विवाहको तयारीमा दीपिका जुटेको खबरले उनका फ्यान खुसी छन् ।

त्यसमाथि दीपिका थप फिल्म गर्ने अर्को खबर बाहिरिएको छ । तर, यो फिल्मबारे आधिकारिक पुष्टि भएको छैन । भारतीय मिडियाका अनुसार दीपिका ‘सुपर हिरो’ फिल्मका लागि अगाडि बढेकी छन् ।

फ्रेन्चाइजी यो फिल्मका लागि दुई भागसम्मको योजना पनि बनिसकेको खबर बाहिरिएको छ । बलिउडको इतिहासमा यो सबैभन्दा महँगो फिल्म बन्न लागेको खबर छ ।

सूत्रलाई उद्धृत गर्दै मिडियाहरूले यो फिल्मका लागि दीपिकाले मार्सल आट्र्सको गहिरो प्रशिक्षण लिने तयारी गरेकी छन् ।

तीन सय करोडमा निर्माण हुन लागेको यो फिल्म आजसम्मकै महँंगो बताइएको छ । दीपिका पद्मावत्पछि विशाल भारद्वाजको फिल्म ‘सपना दिदी’मा काम गर्ने तयारीमा थिइन् । तर, अभिनेता इरफान खानको स्वास्थ्यमा खराबी आएपछि सो फिल्म रोकिएको छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू