Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

पर्यटकीय महत्वको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती !

विश्व कीर्तिीमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताए

मंगलवार, १५ जेष्ठ २०७५, सगरमाथा पोष्ट

सल्लेरी, सोलुखुम्बु, १५ जेठ

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ ।

सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ ।

वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

विश्व कीर्तिीमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताए ।

यही जेठ ७९मे २१० मा सगरमाथाको सफल आरोहण गरेका शेर्पाले भने, ‘क्याम्प १ र २ मा केही मात्रामा फोहोर छ तर ३ र ४ मा भने अत्याधिक बढी देखिन्छ ।’

दिनप्रतिदिन सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको प्रति चिन्ता व्यक्त हुन थालेको छ । सम्बन्धित निकायले यसको व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने सगरमाथा आरोही लालबहादुर वाइवाको सुझाव छ । वाइवाले भने, ‘फाहोर व्यवस्थापनको केही पहल भए पनि यो पर्याप्त छैन, यसलाई सरकारले नै विशेष योजना बनाउन आवश्यक छ ।’

विभिन्न शिविरमा बस्नका लागि निर्माण गरिएको पालसमेत लथालिङ्ग छाड्ने गरिएको पाइएको छ । आरोहणमा गएकाहरुले आरोहण सकेर फर्कने क्रममा विभिन्न कारणले फोहोरको व्यवस्थापनमा ध्यान दिन नसकेको बताइन्छ ।
छ पटक सगरमाथा आरोहण गरिसकेका सोताङका यति शेर्पाले विगत वर्षभन्दा यस वर्ष बढी नै फोहोरको मात्र बढेको बताए । ‘दिनप्रति दिन सगरमाथा क्षेत्र फोहोरले कुरुप बन्दैछ”, शेर्पाले भने, ‘सबैले चासो नदिने हो भने विश्वको सर्वोच्च शिखर सगरमाथाको महत्व समेत घट्न सक्छ । जलवायु परिवर्तन, मानिसको चापलगायतले सगरमाथाको सौन्दर्य घटाएकोमा फोहोरले समेत भूमिका खेलिरहेको छ ।’

सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नै सगरमाथा प्रदूषण नियन्त्रण समिति (एपिसिसी)ले काम गरिरहेको छ ।

संस्थाको नियमअनुसार एक जना व्यक्ति बराबर आठ केजी फोहोर अनिवार्य संस्थाको कार्यालय नाम्चेमा ल्याएर बुझाउनुपर्छ । उक्त फोहोर छुट्याएर जल्नेलाई जलाउने र नजल्ने फोहोर काठमाण्डु पठाउने गरिएको एपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए ।

आरोहीले सगरमाथा आरोहणमा जाँदा चार सय डलरसम्म धरौटी जम्मा गर्नुपर्ने प्रावधान छ । मापदण्डानुसार फोहोर फिर्ता नल्याएको प्रतिवेदन प्राप्त भएमा उक्त धरौटी जफत हुने पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए । अहिलेसम्म भने फोहोर नल्याएर धरौटी जफत भएको कुनै अभिलेख नभएको सूचना अधिकारी सापकोटाको भनाइ छ ।

पर्यटन व्यवसायीका अनुसार आठ केजी फोहोर ल्याउँदैमा त्यस क्षेत्रमा उत्पादन भएको फोहोर व्यवस्थापन नहुने प्रष्ट छ । आज सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भए पनि त्यो औपचारिक कार्यक्रमले त्यस क्षेत्रको बास्तविक समस्या पहिचान नहुने यहाँका यहाँका नागरिकको भनाइ छ ।

त्यसैले यहाँको मुख्य चुनौतीका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि राज्यले नै विशेष कार्यक्रम बनाउनुपर्ने पर्यटन व्यवसायीको माग छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू