Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

मिथिला चित्रकलामा नयाँ पहिचान बनाउँदै पुनम, मासिक २० देखि २५ वटासम्म चित्र बिक्री गर्दै

काठमाडौँमा नै बसोबास गर्दै आएका दासलाई शुरुमा बजार पाउन निकै कठिन थियो भने हाल अरुले नै उनलाई खोज्दै आउने गरेको

आईतवार, १३ जेष्ठ २०७५, –मीना घोरसाइने .

काठमाडौँ, १३ जेठ

मिथिला चित्रकलाका क्षेत्रमा पुनमकुमारी दासको पहिचान छुट्टै छ । 

बत्तीय वर्षीया दास मिथिला चित्रकलामा आफू अब्बल भएको जिकिर गर्छिन् । रासससँगको कुराकानीमा उनले भने, “महिलालाई विशेष गरी आफ्नो काममा अघि बढ्न परिवारको साथ हुनु एकदमै आवश्यक हुन्छ ।” विवाहपछि श्रीमान्ले नै आफूलाई व्यावसायिक रुपमा आफ्नो लक्ष्यमा पुग्न सफल गराएको उनले बताईन् । 

भारतको मधुवनी जिल्ला, विहारमा जन्मनुभएकी दासको १४ वर्षका उमेरमा नेपालको महोत्तरी जिल्लामा विवाह भएको थियो । विवाहपछि घरपरिवारमै व्यस्त दास पहिले आफ्नो सपनालाई त्यसै लत्याउन बाध्य थिए । 

विवाह भएको दुई वर्षपछि श्रीमान्ले गरेका सहयोगलाई उनि यसरी सुनाउछिन्, “केही दिन अगाडि मात्र श्रीमान्सँग ठूलै झगडा परेको थियो र चित्र बनाएर पनि एक्लै जिउन सक्छु भन्ने विचार पनि आएको थियो, तर श्रीमान्बाट झनै हौसला पाएँ ।” श्रीमान्ले आफ्नो क्षमतालाई देखेपछि उनबाट झनै सहयोग भएकामा उनि आफूमा गौरव महसुस गर्छिन् । 

“बाह्र वर्षको उमेरमा हजुरआमाले बनाएको चित्र देखेर भित्तामा लुिकलुकी बनाउने गर्थेंँ”, उनले भनिन् । बजारमा शुरुमा रु २०० बाट बिक्री गरेकी दासले हाल एउटा चित्रबापत रु ५० हजारसम्म लिने गरेकि छिन् । पहिलो पटक ठमेलमा लगेर चित्र बिक्री गर्दागर्दै आफूलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)मा प्रदर्शनी गर्ने प्रेरणा मिलेको उनले बताए । किरण मानन्धर नाफाको कुलपति हुँदा प्राज्ञ शारदा चित्रकारले उनको चित्रलाई पनि छनोट गरेपछि आफूलाई हौसला मिलेको उनले स्मरण गरे । 

दासले पहिलो पटक २०७१ सालमा ठहिटीमा एक पटक, २०७२ सालमा पाटन सङ्ग्रहालयमा दुई पटक, २०७३ मा रुपेन आर्ट ग्यालरीमा एक पटक र पाटन सङ्ग्रहालयमा एक पटक तथा २०७५ मा सर्वनाम थिएटरमा एक पटक गरी हालसम्म छ पटक एकल तस्वीर प्रदर्शनी गरिसकेकी छिन् । दास पहिलो पटक विसं २०६९मा रु सात हजारले विशेष पुरस्कारबाट पुरस्कृत भएकी थिईन् । त्यस्तै उनले २०७३ मा रु ५१ हजारको पहिलो पुरस्कार प्राप्त गरेको थियो भने नन्दादेवी पुरस्कारबाट पनि पुरस्कृत भएको थिए । 

राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा चीन, पाकिस्तान, अष्ट्रेलियालगायत देशमा भएो प्रदर्शनीमा पनि दासले बनाएका चित्र छनोट भइसकेका छन् । उनले बएको चित्र बंगलादेश, दक्षिण कोरिया र अष्ट्रेलियाका म्युजियममा समेत राखिएका छन् । 

एउटा प्रदर्शनीबाट कम्तीमा पनि आफूले रु दुई लाखसम्म लिने गरेको उनले बताईन् । उन्ले ‘रामायण’, ‘महाभारत’सँग सम्बन्धित, ग्रामीण क्षेत्रको जनजीवन, अरिपनलगायत चित्र बनाउँदै आएककि छन् । 

उनले चित्रका लागि आवश्यक रङ भारतबाट तथा कपडा, कागजलगाय नेपालमा नै खरिद गर्दै आएका छन् । हाल काठमाडौँमा नै बसोबास गर्दै आएका दासलाई शुरुमा बजार पाउन निकै कठिन थियो भने हाल अरुले नै उनलाई खोज्दै आउने गरेका छन् । 

महोत्तरीमा रहँदा उनले राति चित्र बनाउने गरेकि थिइन् । काठमाडौँ आएपछि भने उनलाई चित्र बनाउन सहज छ । कम्तीमा पनि आफूले रु छ लाखदेखि सात लाखसम्म चित्र बिक्री गरिसकेको उनले बताए । मासिक रुपमा उनले २० देखि २५ वटासम्म चित्र बिक्री गर्दै आएकि छन् । 

चित्रकलामा निपुण दास अहिले ‘संस्कृति’ विषयमा स्नातकोत्तर गर्दै छन् । एसएलसीपछि विवाह बन्धनमा बाँधिनुभएकी उनले पाँच–पाँच वर्षको अन्तरमा आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदै आएका छन् । उनले कक्षा १२ सम्मको पढाइ भारतमा नै गएर पूरा गरेको थियो भने स्नातक तह जनकपुर क्याम्पसबाट पूरा गरेको थिईन् । 

त्यस्तै हाल स्नातकोत्तर तह निजी क्षेत्रबाट गर्दै हुनुहुन्छ । विशेषगरी श्रीमान्को सहयोग भए जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यमा पुग्न सफल हुने उनको अनुभव छ । पुनमका पति राम एकवालले भने, “महिलाको सफलताको लागि उसको श्रीमान्को जति सहयोग हुन्छ, त्यो अरु कसैले पनि गर्न सक्दैन ।” पुनम चित्रकलालगायत पारिवारिक जीवनमा पनि सक्षम रहेको उनले बताइन् । 

पुनमको शुरुआतीलाई उनले यसरी बयान गरीन्, “विवाह गरेको दुई वर्षसम्म मलाई पुनमको क्षमता थाहै थिएन भने उनले मसँग भनेकी पनि थिइनन् ।” पहिलो पटक आफू बर्दिवासमा कार्यरत हुँदा उनलाई पनि बाहिरी दुनियाँ चिनाउनुपर्छ भन्ने उद्देश्यले बर्दिवास ल्याएको र त्यहीँ आएपछि मात्र उनको क्षमताबारे आफूले थाहा पाएको उनले बताईन् । 

एकवालले शुरुको त्यो क्षणलाई यसरी वर्णन गरिन्, “बर्दिवास आएपछि पुनमलाई बाहिर जानुपर्छ भनेर सिकाउन दुई सय रुपैयाँ दिएर बजारबाट केही किनेर ल्याउन आग्रह गरेको थिएँ, त्यो पैसाले उनले चित्र बनाउन रङ, कपडा र ब्रस खरिद गरेर ल्याएकी रहिछन्,” उनले थपिन्, “बाहिरबाट म आउँदा उनी कोठाको कुनामा बसेर चित्र बनाउँदै रहिछन्, अचानक उनले चित्र बनाएको देख्दा मेरो भोक तिर्खा नै हरायो भने मलाई देखेर केही भन्ने पो हो कि भनी पुनम निकै आत्तिएकी थिइन् ।” 

विवाह गरेको त्यो समयसम्म लामो समय नछुट्टिएकामा पुनमको क्षमता देखेपछि भने उनलाई चित्रकला सिक्न छ महिना माइती पठाइदिएको एकवालले बताए । भारतमा मात्र नभई काठमाडौँमा आइसकेपछि पनि पुनमलाई तालीमको अवसर जुटाइदिएको उनले जानकारी दिए । “अहिले म चित्रकारबाट चिनिन पाएकीमा निकै खुशी छु ”, उनले भनिन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू