Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

दोस्रो प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो खेलमा एपीएफ र प्रदेश ४ बीच प्रतिष्पर्धा

प्रतियोगिता जेठ २९ गतेसम्म सञ्चालन हुने, फाइनल खेलका विजेतालाई नगद २० लाख रुपैयाँसहित ट्रफी

आईतवार, १३ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, १३ जेठ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ । 

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ बीच प्रतिस्पर्धा हुने भएको छ । आजै मूलपानीस्थित मैदानमा हुने अर्काे खेलमा समूह ‘बी’का प्रदेश नम्बर ६ (कर्णाली) र प्रदेश नम्बर ७ बीच प्रतिष्पर्धा हुने छ ।

मुलुक संघीय संरचनामा गएपछि प्रतियोगितामा पहिलोपटक सातै प्रदेशका टिमलाई सहभागी गराइएको राखेपले जनाएको छ ।  ७ वटै टिमसँगै ३ वटा विभागीय टोलीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशबकुमार विष्टले जानकारी दिए । पहिलोपटक हुन लागेको यस अन्तर प्रादेशिक प्रतिस्पर्धाले ऐतिहासिक महत्व राख्ने विष्ट बताउँछन् ।

प्रतियोगिता जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । फाइनल खेलका विजेताले नगद २० लाख रुपैयाँसहित ट्रफी हात पार्ने छ भने प्रतियोगिताका उपविजेताले १० लाख रुपैयाँ, म्यान अफ दी सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०, ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, खेलमा एकजना उदयीमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले समान १०, १० हजारका दरले प्रोत्साहन रकम पाउने छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू