Previous Version
Sunday, Jun 20, 2021  |  आईतवार, ६ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ मेगा बैंकबाट फोनबाटै सहज रूपमा २ लाखसम्मको कर्जा पाउन सकिने बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय जनजाति कल्याण आश्रम नेपाललाई उद्यमशील महिला समूहद्धारा राहत वितरण महाकालीमा पानीको बहाव यस वर्षकै उच्च कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने भेमाथाङ पहिरा : हेलम्बुमा अझै २३ बेपत्ता चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति : मन्त्रालय आज मिति २०७८ साल असार ६ गते आइतबार, जुन २०, तपाँईको आजको दिन कस्तो हुनेछ ?

शेयर बजार: धितोपत्र बजारमा यस साता अर्ब बढीको कारोबार भयो

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १३१८ दशमलव २२ अंकमा पुगेको

शनिबार, १२ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, १२ जेठ

धितोपत्र बजारमा यस साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो । 

कारोबार रकम गत साताकोभन्दा ७७ दशमलव ७१ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको २३ लाख २९ हजार ४४० कित्ता शेयर रु एक अर्ब आठ करोड १९ लाख ४१ हजारमा खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १३१८ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा चार दशमलव ३७ अंकले घटेर २७७ दशमलव ८९ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको रु २२ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको थियो । 

त्यसैगरी कारोबार भएको शेयर संख्या आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ९६ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । 

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू