Previous Version
Monday, Jun 21, 2021  |  सोमबार, ७ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला ‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’ डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी कोरोना महामारीले लाखौँको तरकारी नष्ट चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति उपत्यकामा निषेधाज्ञा (लुज डाउन)थप खुकुलो : साना सवारी साधनमा जोरबिजोर प्रणाली

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने: मन्त्री अधिकारी

“नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, राजविराज विमानस्थलमा यस्तो चल्दैन, अब यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्”

बिहीवार, १० जेष्ठ २०७५, सगरमाथा पोष्ट

राजविराज, १० जेठ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् । 

राजविाज विमानस्थलको बिहिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताए । 

“यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्र्देशन दिए । उनले धेरैमा चार-पाँच महिना यस्तो समस्या आउने र त्यसपछि पर्याप्त यात्रु उपलब्ध हुने विश्वास व्यक्त गरे । नियमित समयमा उडान भरेमा श्री एयरलाइन्सको रेकर्ड राम्रो बन्ने र समयमा उडान नभरे रेकर्ड खराब बन्ने उनको भनाइ थियो ।“नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, अब राजविराज विमानस्थलमा यस्तो चल्दैन,” मन्त्री अधिकारीले भने । 

“यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्र्देशन दिए । उनले धेरैमा चार-पाँच महिना यस्तो समस्या आउने र त्यसपछि पर्याप्त यात्रु उपलब्ध हुने विश्वास व्यक्त गरे । नियमित समयमा उडान भरेमा श्री एयरलाइन्सको रेकर्ड राम्रो बन्ने र समयमा उडान नभरे रेकर्ड खराब बन्ने उनको भनाइ थियो ।

“नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, अब राजविराज विमानस्थलमा यस्तो चल्दैन,” मन्त्री अधिकारीले भने । 

नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको र यात्रु भएमा एउटा जहाजले राजविराजबाट पनि नियमित उडान भर्ने उनले बताए । मन्त्री अधिकारीले ६ महिनाभित्र यस विमानस्थलमा तेल राख्ने गाडी पनि राखिने जानकारी दिँदै कार्गाे विमानस्थलका रुपमासमेत विमानस्थलको विकास गरिने प्रतिबद्धता व्यक्त गरे । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुरुमा कम यात्रु भए पनि नियमित उडान भर्न श्री एयरलाइन्ससँग आग्रह गरे । राजविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए तथा नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने उनले विश्वास व्यक्त गरे । 

राष्ट्रियसभाका सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले उडान नियमित हुने विश्वास व्यक्त गर्दै जिल्लाको विकासका लागि जुनसुकै पार्टीका भए पनि सम्पूर्ण जनप्रतिनिधिलाई हातमा हात मिलाएर अघि बढ्न आग्रह गरे । 

कार्यक्रममा प्रदेश सांसद मनिष सुमन र सत्यनारायण मण्डलले नियमित उडान हुनुपर्नेमा जोड दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ७२ सिटे जहाज चल्ने क्षमता भएको राजविराज विमानस्थलको निर्माण समयमै सम्पन्न भएकामा खुशी व्यक्त गरे । उनले सरकारको रु ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण भएको जानकारी दिए । 

विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलबाट झण्डै डेढ दशकपछि बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान भरेको थियो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू