एजेन्सी,१० जेठ
‘सलमान खानसँग तुलना गर्नुअघि आफूलाई गोली हान्छु’ यो भनाई हो अभिनेता राम कपुरको । उनले सो कुरा एक भारतीय मिडियासँगको कुराकानीमा भनेका हुन् ।
राम कपुर चाँडै नै आफ्नो नयाँ कार्यक्रममार्फत टेलिभिजनमा फिर्ता हुँदैछन् । उनी सोनी टेलिभिजनको कार्यक्रम ‘जिन्दगी के क्रसरोड्स’ मा देखिनेछन् । उक्त कार्यक्रम ६ जूनमा अनएयर हुनेछ । यस्तै, उक्त च्यानलमा सलमान खानको कार्यक्रम ‘दसका दम’ पनि जून ४ मा लञ्च हुनेछ ।
उनले हाँस्दै भने, ‘उनी सलमान खान हुन् । उनीसँग तुलना गर्ने त कुरै आउँदैन ।’
कुराकानीको क्रममा जब सलमान खानको कार्यक्रमको कुरा गरियो तब राम कपुरले भने, ‘यदि मेले कहिले पनि आफूलाई सलमान खानसँग तुलना गरें वा उनको प्रतिस्पर्धी मानें भने सबैभन्दा पहिले म आफूलाई गोली हान्नेछु । ’