Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

स्टार क्रिकेटर सन्दीप लामिछानेले पाए रू. २५ लाखको टाटा टिगोर कार

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङसँग सन्दीपको तीन वर्षे सम्झौता, कार पाएपछि आफू दंग भएको उनको प्रतिक्रिया

बिहीवार, १० जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौं, जेष्ठ १० । 

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले नेपाल फर्किए लगत्तै २५ लाखको टाटा टिगोर कार पाएका छन् । 

लामिछानेलाई टाटा मोटर्सको आधिकारिक  बिक्रेता  सिप्रदी ट्रेडिङ प्रालिले बुधबार एक कार्यक्रमका बीच कार प्रदान गरेको थियो । सन्दीपलाई सिप्रदी ट्रेडिङका सिइओ राजेश बाबु श्रेष्ठले झण्डै २५ लाख बजार मूल्य भएको टाटा टिगोर कारको साँचो हस्तान्तरण गरेका थिए । 

आइपीएलमा दिल्ली डेयरडेभिल्सका तर्फबाट ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीप आगामी केहीदिनपछि विश्व ११ बाट वेष्टइन्डिज विरुद्ध खेल्नका लागि इंग्ल्याण्डको लर्डस् जाँदैछन् । आइपीएलमा सन्दीपले सुरेश रैना, किरन पोलार्ड, सुर्यकुमार यादव लगायतका नामी व्याट्सम्यानहरुको समेत विकेट लिएका थिए । 

सिइओ श्रेष्ठले युवा उमेरमै आइपीएल खेलेका सन्दीपसँग सम्झौता गर्न पाउँदा एकदमै गौरवान्वीत भएको उल्लेख गरेका थिए । यसैबीच, सिप्रदीले सन्दीपसँग ३ वर्षका लागि सम्झौता समेत गरेको छ । 

कार प्राप्त गरेपछि सन्दीपले आफू एकदमै खुशी भएको बताएका थिए । आइपीएल खेल्दै नेपाललाई विश्वमा चिनाउन सफल भएका १७ वर्षीय लेगस्पीनर लामिछानेको हाल नेपालमा मात्र नभएर विश्व क्रिकेट जगतमा समेत चर्चा हुन थालेको छ ।

आइपीएलमा दिल्ली डेयरडेभिल्सका तर्फबाट ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीप आगामी केहीदिनपछि विश्व ११ बाट वेष्टइन्डिज विरुद्ध खेल्नका लागि इंग्ल्याण्डको लर्डस् जाँदैछन् । आइपीएलमा सन्दीपले सुरेश रैना, किरन पोलार्ड, सुर्यकुमार यादव लगायतका नामी व्याट्सम्यानहरुको समेत विकेट लिएका थिए । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू