Previous Version
Thursday, Apr 22, 2021  |  बिहीवार, ९ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु ‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द आज मिति २०७८ साल बैशाख ९ गते विहिबार , अप्रिल २२, तपाँईको आजको दिन कस्तो हुनेछ ? वीपी प्रतिष्ठानमा इमरजेन्सी विस्तार, आज भयो उद्घाटन स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए एकैदिन २,३५१ सङ्क्रमित बिहीबार राति वीणा उल्का वर्षा माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा प्याट्रियोटिक सेमिफाइनलमा एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन सुदिपको स्वर, डि.पीको शब्दमा 'सोची हेरन' सार्वजनिक कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

सार्वजनिक कार्यक्रममा स्कुल ड्रेसमा उपस्थित करिश्मा, एसईई परिक्षा दिँदैछिन्

मंगलवार, ८ जेष्ठ २०७५, सगरमाथा पोष्ट

काठमाडौँ, ८ जेठ

सदाबहार अभिनेत्री करिश्मा मानन्धर यस वर्ष एसईई परिक्षा दिँदैछिन् । मैतिदेवीको ग्यालेक्सी पब्लिक स्कूलमा गत वर्षदेखि अध्ययन सुरु गरेकी उनी आफू स्कुले विद्यार्थी भन्न रत्तिभर हिचकिचाउँदिनन् ।

अभिनयसँग-सँँगै पछिल्लो समय डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीमा समेत आबद्ध उनलाई निकै कमले स्कुलको ड्रेसमा देखेका छन् । सोमवार भने उनी सार्वजनिक कार्यक्रममा नै आफू अध्ययन गरिरहेको विद्यालयको पोषाकमा उपस्थित भईन् ।
चलचित्र पत्रकार संघ, नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा करिश्मालाई अतिथीको रुपमा निमन्त्रण गरिएको थियो । साँझ ६ बजे नयाँ बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा झुल्किएकी उनलाई पहिलो झलकमा निकै कमले ठम्याए ।
खरानी रंगको धर्के सर्ट लगाएकी उनको आँखामा चस्मा देख्न सकिन्थ्यो । उनले स्कुलबाट सिधै कार्यक्रममा आएका कारण फेसन परिवर्तन गर्न नपाएको बताइन् । पहिलो पटक स्कुल ड्रेसमा देखिएका कारण संघको वार्षिकोत्सवमा उपस्थित हरेक एकको नजर करिश्मा माथी थियो ।

उमेरले ५५ पुगेपनि पहिरन भद्दा लगाउने गरेको कमेन्टले वाक्कदिक्क भएकी करिश्मालाई पहिलो पटक स्कुल ड्रेसमा मिडियाका क्यामेराले कैद गर्न पाएका हुन् । कुनै कार्यक्रममा पुग्दा पहिरन सम्हाल्नै मुश्किल भएका तश्बिर हेर्नुभएको तपाईलाई पनि स्कुले ड्रेसमा करिश्मालाई झट्टा चिन्न गाह्रो पर्नसक्छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू